सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कोशीमा सबै दल मिलेर निकास खोज्नुको विकल्प छैनः मुख्यमन्त्री कार्की

२०८० भाद्र २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई बजेटविहीनताको अवस्थाबाट निकास दिने बताएका छन् । शुक्रबार साँझ मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै कार्कीले आइतबारसम्म अध्यादेशमार्फत बजेटविहीनताको अवस्था अन्त्य गर्ने बताएका हुन् ।

उनले प्रदेशको राजनीतिक अवस्था जटिल भएको कारण सबै दल मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

“कोसी प्रदेशको राजनीतिक परिस्थिति अलि जटिल अवस्थामा पुगेकोले सबै दल मिलेर यसको निकास खोज्नुको विकल्प छैन,” कार्कीले भने, “मैले पहिले पनि सर्वदलीय सरकारका लागि आह्वान गरेको थिएँ । अहिले पनि त्यो आवश्यक छ भन्ने नै मेरो धारणा हो ।”

कार्की बिहीबारको सर्वोच्च अदालतको परमादेश अनुसार संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार : गृह मन्त्रालय

विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन

राजदेवी मन्दिर डुबानमा

सर्वोच्च अदालत दशैँ बिदामा पनि खुला हुने

बार अध्यक्ष विरुद्धको अपहेलना मुद्दा फिर्ता लिने उपरजिस्ट्रारको घोषणा

पूर्वानूमान वर्षाको असरः टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति

बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा ‘एक्सन टिम’ परिचालन

चिनियाँ रेडक्रसको एक लाख अमेरिकी डलर सहयोग

प्रस्तावित प्रधानन्यायाधीशको २४ बुँदे योजना- न्यायपरिषद्‍को विश्वसनीयता बढाउन जोड दिन्छु (पूर्णपाठ)

अख्तियारका आयुक्त र कर्मचारीको दैवी प्रकोप उद्धार कोषमा सहयोग

हनुमाननगर–राजविराज सडक जीर्ण

विपद्मा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छः अध्यक्ष साह