सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कोशीका मुख्यमन्त्री कार्कीलाई राप्रपाको पनि समर्थन, मन्त्री भने तत्काल नपठाउने

२०८० भाद्र २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्की राप्रपाले पनि समर्थन गरेको छ ।

सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई आजै संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाइ राप्रपाले पनि समर्थन गरेको हो ।

नेकपा एमाले नेतृत्वको सरकारलाई पार्टीको समर्थन रहने राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्ति सिटौलाले बताए । मन्त्री भने तत्काल नपठाउने उनले बताए । उनले भने, ‘एमाले नेतृत्वको सरकारलाई राप्रपाले समर्थन गर्छ। तर, तत्काल सरकारमा जाँदैन।’

अहिले नै सरकारमा जाने अवस्था नरहेको सिटौलाले बताए। ‘विश्वासको मत लिने अवधिसम्म सरकारलाई समर्थन गर्ने हो। विश्वासको मतपछि केन्द्रीय कमिटीले निर्णय गर्छ। अहिले राप्रपा सरकारमा जाँदैन,’ उनले भने। केन्द्रीय कमिटीको निर्णयपछि भने सरकारमा जाने कि नजानेभन्ने टुंगो लाग्ने उनको भनाइ छ।

सिटौलाले संविधानमाथि भएका हस्तक्षेपहरुलाई सर्वोच्च अदालतले सच्चाएको बताए । कोशीमा एमालेको ४० र राप्रपाको ६ सांसद रहेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

देशमा देखिएका संकटको समाधानका लागि गम्भीर कदम चाल्न प्रधानमन्त्रीलाई नेकपा एसले बुझायो ध्यानाकर्षण (पत्र सहित)

राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता

सरकारले उच्चस्तरीय आयोग नबनाएसम्म संसद् चल्न नदिने एमालेको चेतावनी

नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कम्जोर छ : अध्यक्ष केसी

काङ्ग्रेस सकियो भन्ने भाष्य निर्माण गर्न खोजिदैछः उदय शम्शेर

कर्णाली एमालेः अध्यक्षका दुइ दाबेदारले उम्मेदवारी फिर्ता लिए

एमाले कर्णाली अधिवेशन : नेतृत्व चयनका लागि आज मतदान हुँदै

एमाले बाग्मतीको अध्यक्षमा ढुंगेल निर्वाचित, एक मतले नवराज सिलवाल बिजयी

एमाले कर्णाली प्रदेशको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता

एमाले बागमती प्रदेशको मतपरिणाम आजै आउने

राप्रपा नेपालले आइतबार वीरगञ्जमा सभा गर्ने

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय