सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

केन्द्रीय नेतालाई प्रशिक्षण दिँदै जसपा – केन्द्रीय सदस्यदेखी सङ्घीय परिषद् सदस्यसम्म

२०८० भाद्र २२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ| : जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय नेतालाई प्रशिक्षण दिइरहेको छ । जसपाले सङ्गठन विस्तार, पुनःगठन र रूपान्तरणका साथै नेतालाई प्रशिक्षित गर्ने कामलाई भदौ महिनादेखि अभियानका रूपमा सञ्चालन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार पालिका समितिदेखि प्रदेश समितिसम्मले अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने गरेका तथा प्रशिक्षणमा केन्द्रीय समितिका सदस्य, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा परीक्षण आयोगका सदस्य र सङ्घीय परिषद् सदस्य प्रशिक्षणमा सहभागी हुने गरेका छन् ।

यसका अतिरिक्त प्रदेश र स्थानीय तहका तोकिएका अगुवा कार्यकर्ता पनि प्रशिक्षणमा सहभागी रहेका सो पार्टीले जनाएको छ । पार्टीको मार्गदर्शक सिद्धान्त सङ्घीय समाजवाद र पार्टीको मूल नारा सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवादलगायतका विषयमा प्रशिक्षण दिने गरिएको बताइएको छ । काठमाडौँमा भदौ २२ गते, यसैगरी भदौ २२ र २३ गते उदयपुरमा, विराटनगरमा २६ गते केन्द्रीय तहका नेतासहितको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय भएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।

उनका अनुसार केही प्रदेश सङ्गठन पुनःगठन कार्य सम्पन्न भएलगत्तै प्रशिक्षण कार्यक्रम सार्वजनिक गर्ने तयारी गर्दैछन् । प्रशिक्षण, अभिमुखीकरण, सङ्गठन पुनःगठन र रूपान्तरण गरी कात्तिक मसान्तसम्म प्रदेश समिति र राष्ट्रिय समितिले सम्पूर्ण सदस्यको अभिलेख केन्द्रमा पठाइसक्नुपर्ने जसपाले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

देशमा देखिएका संकटको समाधानका लागि गम्भीर कदम चाल्न प्रधानमन्त्रीलाई नेकपा एसले बुझायो ध्यानाकर्षण (पत्र सहित)

राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता

सरकारले उच्चस्तरीय आयोग नबनाएसम्म संसद् चल्न नदिने एमालेको चेतावनी

नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कम्जोर छ : अध्यक्ष केसी

काङ्ग्रेस सकियो भन्ने भाष्य निर्माण गर्न खोजिदैछः उदय शम्शेर

कर्णाली एमालेः अध्यक्षका दुइ दाबेदारले उम्मेदवारी फिर्ता लिए

एमाले कर्णाली अधिवेशन : नेतृत्व चयनका लागि आज मतदान हुँदै

एमाले बाग्मतीको अध्यक्षमा ढुंगेल निर्वाचित, एक मतले नवराज सिलवाल बिजयी

एमाले कर्णाली प्रदेशको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता

एमाले बागमती प्रदेशको मतपरिणाम आजै आउने

राप्रपा नेपालले आइतबार वीरगञ्जमा सभा गर्ने

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय