सदाबहार खबरको रफ्तार ....
श्रावण ७, २०८१ सोमबार
July 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल लाइफको निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

२०८० भाद्र २३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बु जिल्लाको ४६३२ मि उचाईमा रहेका प्रसिद्ध धार्मिकस्थल दुधकुण्डमा तिर्थयात्रीका लागि नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको सहकार्यमा २०८० भाद्र ११ देखि १४ गतेसम्म निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त शिविरबाट ४२२ जना भक्तजनहरु प्रत्यक्ष लाभान्वित भएका थिए । जसमा २१० जनाको स्वास्थ्य परीक्षण, १४६ जनालाई औषधि वितरण, ६४ जनालाई प्राथमिक उपचार र २ जनालाई एम्बुलेन्स सेवा प्रदान गरिएको थियो ।

स्वास्थ्यकर्मी र रेडक्रसकर्मीहरुले संयुक्त रुपमा शिविर संचालन गरेका थिए । विशेषत मेलाको बखत उच्च स्थान भएकाले टाउको दुख्ने, बान्ता हुने, शरीरका जोर्नी दुख्ने, श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण भएका बिरामीहरको उपचार गरिएको थियो । अब आउने निकट भविष्यमा कम्पनीले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।

“किनकि जीवन अमुल्य” छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० असार मसान्त सम्ममा लगानी रु. १७२ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमा कोष करिव १६३ अर्व रुपैयाँ संचित रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना १ सय ९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू

देशभर १ हजार छ सय ५७ जनामा डेङ्गु सङ्क्रमण

उदयपुरको त्रियुगा क्षेत्रमा भाइरल ज्वरोका बिरामी बढे

सर्पको टोकाइबाट घाइतेको हेलिकप्टरबाट उद्वार

अभिनेत्री जान्हवी कपूरलाई फुड प्वाइजन

कालीगण्डकीमा गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

कुन भिटामिनको कमीले भित्रैबाट कमजाेर हुन्छ शरीर ?

नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा किरण शाक्य नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को कर्मचारी मागसम्बन्धी विज्ञापन रद्द

सरकारी अस्पतालमै शल्यक्रिया मार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

डेङ्गीको आशङ्का लागेमा ११८० मा फोन गर्न कामपाको आग्रह

महिलाको तल्लो पेट किन दुख्छ ? लक्षण, कारण र उपचार