
काठमाण्डौंः आफ्ना मतदाता र स्थानीय जनतासँग जनभेटघाटको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा आउनुहुने भएको छ ।
नेकपा माओवादी केन्द्रको तिन महिने अभियान अन्तर्गत गोरखामा आज आयोजना गरिएको कार्यक्रमका लागि प्रधानमन्त्री गोरखा आउन लाग्नु भएको नेकपा माओवादी केन्द्र गोरखा इन्चार्ज दिपक कोइरालाले जानकारी दिनुभयो ।
कार्यक्रम तालिका अनुसार आज बिहान ११ बजे पालुङटार वडा नम्बर २ स्थित रातडाँडामा सहिद सुरेश वाग्ले स्मृति कार्यक्रममा भाग लिनुहुनेछ । माओवादी आन्दोलनका क्रममा पार्टीका वैकल्पिक पोलिटब्युरो नेता रहेका वाग्ले गोरखाको गाँखु गाउँमा २०५६ साल भदौ २३ गते प्रहरी कारवाहीमा मारिएका थिए ।
सिरानचोक गाउँपालिकामा आयोजित मतदाता तथा जनता भेटघाट कार्यक्रममा १ बजे र अजिरकोटमा सोही प्रकृतिको कार्यक्रम दिनको ३ बजे राखिएको माओवादी केन्द्रले जानकारी दिएको छ ।