सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शाहरूखकाे जवान दोस्रो दिनमा नै १०० करोडको क्लबमा

२०८० भाद्र २३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  शाहरुख खानको जवान कस्तो छ  ? जवानको बक्स अफिस कलेक्शन कस्तो छ ?  के जवान हिट हो ? जवानले १०० करोड रुपैयाँ कहिले पार गर्नेछ ? शाहरुख खानको ‘जवान’ रिलिज भएपछि यस्ता प्रश्नहरु धेरै सुनिन थालेका छन् ।

यद्यपि किङ खानले पनि फ्यानको यी प्रश्नको उत्तर दिदै बक्स अफिसमा पहिलो दुई दिनमै १०० करोडको क्लबमा सामेल भएको छ ।

यति मात्र होइन, पहिलो दिनको तुलनामा फिल्मको कमाई भने कम छ । तर शाहरुख खानको फिल्मले विश्वभर राम्रो कलेक्सन गरेको छ, त्यसपछि फिल्मले पहिलो साताको अन्त्यमा कति कमाई गर्छ त्यो हेर्नु रोचक हुनेछ ।

बक्स अफिस ट्रयाकर सचनिल्कको प्रारम्भिक तथ्याङ्क अनुसार जवानले दोस्रो दिन ५३ करोड भारु कमाएको छ, त्यसपछि भारतमा फिल्मको कलेक्सन १२७.५० करोड भारतीय रुपैयाँ बराबर पुगेको छ । ५३ करोड मध्ये ४७ करोड हिन्दी भाषाको छ। तर, यो आंकडा पनि ५० करोड भारतीय रुपैयाँ हुनसक्ने अनुमान छ ।

कमाईको कुरा गर्ने हो भने जवानले पहिलो दिन ७४.५ करोड भारतीय रूपैयाँ कमाएको थियो, जसमध्ये फिल्मले हिन्दीमा ६५.५ करोड, तमिलमा ५.३ करोड र तेलुगुमा ३.७ करोड कमाएको थियो । यो कमाईसँगै बलिउड फिल्म उद्योगमा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने पहिलो हिन्दी फिल्मसमेत बनेको छ ।

शाहरुख खानको जवानमा नयनतारा, विजय सेतुपति, सान्या मल्होत्रा, प्रियामणी, योगी बाबु, सुनील ग्रोवर र रिद्धि डोगरा महत्वपूर्ण भूमिकामा छन् । जहाँ दीपिका पादुकोण र सञ्जय दत्तको जबरदस्त क्यामियो देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अभिनेता अनमोल केसी हाजिर जमानीमा रिहा

एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड: काठमाडौंमा आज उत्कृष्ट पाँच मनोनयन सार्वजनिक 

समर्पण लामा बने ‘इन्डियाज बेस्ट डान्सर’ सिजन–३ को विजेता

हजार करोड बढी कमाएको जवानले भारतमा गत साता कति कमायो ?

‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसन नेपाल’का प्रतियोगीले देखाए ‘कल्चर’

मायावीको छायाङ्कन सुरु

रीत-२ को घोषणा

‘एनआरएन द सिंगर’ मंगलबारदेखि प्रसारण हुने, विजेताले नगद ५ लाख पाउने

बिक्की कौशलको ‘द ग्रेट इन्डियन फेमिली’ भयाे सुपर फ्लप

शिल्पा सेटठीको फिल्मले ३० लाख पनि ब्यापार गरेन्

‘एक भागवत् र एक गीता’लाई बिदाको फाइदा, शो र अकुपेन्सीमा वृद्धि

नहुने भयो ‘परदेशी २’ को धोको पूरा