सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लालबन्दीको फोहोर वार्षिक तीन लाखभन्दा बढीमा बिक्री

२०८० भाद्र २३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न बजारमा सङ्कलन हुने फोहोर वार्षिक रु तीन लाखभन्दा बढीमा बिक्री हुने भएको छ ।

लालबन्दी नगरपालिका र गोकर्णेश्वर सरसफाई प्रालि काठमाडौँबीच भएको सम्झौताअनुसार नगरपालिकाभित्रका बजारबाट निस्कने फोहोर वार्षिक रु तीन लाख ५० हजारमा खरिद बिक्री गर्ने सहमति भएको लालबन्दी नगरपालिकाका नगरप्रमुख वासुदेव अधिकारीले जानकारी दिए ।

उनका अनुसार यसअघि फोहोर उठाउने ठेकेदार कम्पनी ‘ग्रिन एण्ड क्लिन सिटी’ सर्भिस प्रालि हेटौँडा, मकवानपुरले नगरपालिकाभित्रका बजारबाट सङ्कलन भएको फोहोर उठाएबापत नगरपालिकाबाट वार्षिक रु एक लाख ५० हजार लिँदै आएको थियो ।

अब गोकर्णेश्वरले सङ्कलन गरेको फोहर नगरपालिकालाई दिने, नगरपालिकाले पुनः गोकर्णेश्वरलाई फोहोर फिर्ता गर्ने र त्यससँगै नगरपालिकालाई रकम दिने विषयमा सम्झौता भएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिए ।

फोहोरमैलामा सङ्कलन भएका कबाडी सामग्री बिक्रीबाट आएको रकम र घरघरबाट उठाउने रकम ठेकेदारकै हुने सम्झौतामा उल्लेख गरिएको नगरपालिकाले जनाएको छ । तर ल्याण्डफिल्डसाइट नभएकाले नगरपालिकाले यसअघि कालिञ्जोर खोला किनारमा लगेर फोहोर डम्पिङ गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आइतबार सार्वजनिक बिदा

पोखरा क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

मुख्यमन्त्रीलाई राउटेले भने- सरकारले हाम्रो जनतालाई दशैँ खर्च दिनु पर्‍यो

हुम्लामा कोदो महोत्सव हुने

जमुनाह नाकामा सुरक्षा सतर्कता

भरुवा बन्दुकसहित एकजना पक्राउ

सन्दर्भ विश्व शान्ति दिवस: देशमा दिगो शान्तिको कामना गर्दै बौद्ध क्षेत्रमा शान्तिपूर्ण धर्ना

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौँ : मुख्यमन्त्री पाण्डे

बाँकेमा कारागार जीर्णः क्षमताभन्दा बढी कैदीबन्दी, सुरक्षाको जोखिम

शे-फोक्सुण्डोबाट लुटिएका मूर्ति ओडारमा भेटिए

जनप्रतिनिधि थकित भए पछि मण्डनपुरमा आज सार्बजनिक बिदा

आज विश्व शान्ति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै