सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

संसद बैठक एघार बजे बस्दैः बजेटमाथि उठेका सवालको आज मन्त्रीहरुले जवाफ दिने

२०७७ जेठ २६, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आगामी आर्थिक वर्षको बजेटमाथि उठेका सवालको आज मन्त्रीहरुले जवाफ दिने भएका छन् ।

संघीय संसदको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको मन्त्रीहरुले जवाफ दिने कार्यतालिका रहेको छ । बिहान एघार बजे बैठक बोलाइएको छ। १५ जेठमा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि संसदमा छलफल भइरहेको छ।

१८ जेठबाट सांसदहरुले मन्त्रालयगत रुपमा बजेटबारे छलफल गरिरहेका छन् । लगातार तीन दिन विषयगत बजेटमाथि सांसदहरुले छलफल गरेका थिए। आज भने सांसदहरुले बजेटबारे उठाएको प्रश्नको जवाफ मन्त्रीहरुले दिदैंछन् ।

संसदको सम्भावित कार्यसूचीअनुसार, सबै मन्त्रीले सांसदहरुलाई जवाफ दिनेछन् । यसपछि विनियोजन विधेयकमा खर्च कटौती गरियोस् भनी २६ सांसदहरुले राखेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ ।

प्रमुख प्रतिपक्ष दलका सांसदहरुले राखेको प्रस्ताव निणयार्थ प्रस्तुत गरेपछि अर्थमन्त्री डा. युवराज  खतिवडाले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख अर्याल र अध्यक्ष याङ्गबीच शिष्टचार भेट

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

अध्यक्ष दाहालसँग फ्रान्स–नेपाल संसदीयमैत्री सामूहिक भेट

विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल

छठले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाओस् : सभामुख अर्याल

मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल