सदाबहार खबरको रफ्तार ....
असोज २१, २०८१ सोमबार
October 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मोतीराम भट्टको १५८औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै

२०८० भाद्र २८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा पत्रकारिता शुरुआत गर्ने व्यक्तित्व एवम् राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विसं १९२३ साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मिएका उनको विसं १९५३ साल भदौ कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याएका छन् ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्राएका थिए । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको शुरुवात भएको हो ।

राष्ट्रिय विभूतिसमेत रहेका भट्टले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गर्नु भएको थियो । तत्कालीन समयमा नेपाली साहित्यमा उनले गरेको योगदान अतुलनीय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कृष्ण बरालको निबन्धसंग्रह ‘नाति पुस्ताको खेल’ सार्वजनिक

आख्यानकार बरालको ‘नातिपुस्ताको खेल’ लोकार्पण

ऊर्जामन्त्री खड्काद्वारा समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन

आख्यानकार सुमन वर्षाको कथाकृति ‘अभ्यन्तर’ सार्वजनिक

‘पौराणिक आदर्श नारीहरू’ लोकार्पण

मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई

कवि विमल निभाको कवितासंग्रह ‘सत्र भोका काग’ सार्वजनिक

वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक

डा.रेणुका सोलुको एघाराैं कृति ‘तुइन जिन्दगी’ लाेकार्पण

बखतबहादुरको उपन्यास ‘भ्या’ लोकार्पण

समाजलाई साहित्यले विशिष्ट रूपमा देखाउँछ : मन्त्री पाण्डे

बालसाहित्य सम्मेलन काठमाडौँमा सुरु