सदाबहार खबरको रफ्तार ....
असोज १७, २०८१ बिहिबार
October 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शारीरिक सम्बन्ध राख्न र विवाह गर्न दबाब दिने नेपाली युवतीको यसरी गरे भारतीय सेनाका कर्णेलले हत्या

२०८० भाद्र २८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतीय सेनाका कर्णेलले नेपाली युवतीको हत्या गरेका छन् । भारतीय सेनाका ४२ वर्षीय लेफ्टिनेन्ट कर्नेल रामेन्दु उपाध्यायले नेपाली युवती श्रेया शर्माका नामले चिनिने तनहुँको भानु नगरपालिका-६ चोकचिसापानी घर भएकी सुमित्रा घर्तीको हत्या गरेका हुन् ।

३० वर्षीया शर्मा सिलिगुडीमा बसेर डान्सबारमा नाच्ने गर्थिन्। त्यसै बेलादेखि कर्नेल र सुमित्राबीच प्रेम सुरू भएको थियो । त्यसपछि उपाध्यायको देहरादुन सरुवा भएपछि उनले शर्मालाई आफूसँगै देहरादुन लिएर आएका थिए।

गत शनिबार उनीहरू एक डान्सबारमा रक्सी पिएर दुवै जना लामो ड्राइभमा हिँडेका थिए। प्रहरीका अनुसार सहरभन्दा टाढा एकान्त ठाउँमा पुगेपछि राति करिब १:३० बजे मृतक युवतीले यौनसम्बन्ध राख्न र विवाह गर्न दबाब दिएकी थिइन्। त्यहीँ विषयमा विवाद हुँदा गाडी रोकेर कर्नेलले जंगलमा हथौडाले शर्माको मुख र टाउकोमा हिर्काएका थिए।

Love in Siliguri to murder in Dehradun, how Nepali woman's affair with married Indian armyman got her killed

शर्माको मृत्यु भएपछि उपाध्यायले उनको शवलाई सडक छेउमा फालेर फरार भएका थिए। उनको शव सोमबार सिर्वालगढ क्षेत्रमा शङ्कास्पद अवस्थामा फेला परेको थियो। कर्णेलको पहिले विवाह भएको र डेढ वर्षको छोरा समेत छन् ।

प्रहरीले उपाध्यायलाई उनकै निवासबाट पक्राउ गरेको थियो । उनी पनि नेपाली मुलका भारतीय हुन्। कर्णेललाई प्रहरीले पक्राउ गरेर मंगलबार अदालतमा हाजिर गराएको छ।

अदालतले आरोपी लेफ्टिनेन्ट कर्नेललाई १४ दिनको न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ। उत्तराखण्ड प्रहरीले ती युवतीको नेपालस्थित परिवारजनको खोजी गरिरहेको छ।

घटनाको ७२ घण्टापछि श्रेयाको बुधवार पोस्टमार्टम गरिएको छ। यदि उनका परिवारजन नआएमा उत्तराखण्ड प्रहरी आफैंले शवको अन्तिम संस्कार तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन निर्देशन

गरिब र द्वन्द्वपीडितलाई निःशुल्क पठनपाठन

गर्भवतीको हेलिकप्टरबाट उद्धार

सडक मर्मत र यातायात सहज बनाउन भौतिक र रक्षामन्त्रीबीच छलफल

मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने

गृहमन्त्री लेखकद्वारा यातायात सहजरुपमा सञ्चालन गर्न यातायात व्यवसायीसँग छलफल

एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : मन्त्री डा राणा

सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ : सञ्चारमन्त्री गुरुङ

सडक मर्मत र यातायात सहज बनाउन रक्षा र भौतिकमन्त्रीबीच छलफल

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त

होटल सङ्घद्वारा राहत कोष स्थापना

सबै संयन्त्रलाई सतर्क रहन गृहमन्त्री लेखकको निर्देशन