सदाबहार खबरको रफ्तार ....
असार ६, २०८१ बिहिबार
June 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

टिसीएलले ल्यायो चाडपर्व लक्षित ‘सेलिब्रेट ग्रेटनेस’ योजना

२०८० भाद्र ३०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टीभी ब्रान्ड टीसीएलले यसपालिको दसैँ, तिहार तथा छठलाई लक्षित गरेर ‘सेलिब्रेट ग्रेटनेस’ योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत ग्राहकले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकले यो योजनाको लाभ भदौ २६ गतेदेखि नेपालभरि सीमित अवधिका लागि उठाउन सक्नेछन्।

ग्राहकले यस योजनाअन्तर्गत टीसीएलका कुनै पनि टेलिभिजनको खरिदमा ४४ हजार ७०० सम्मको आकर्षक छुट पाउन सक्नेछन्। त्यस्तै वासिङ मेसिन खरिदमा रु १४ हजार ४०० सम्मको छुटका साथै ६ केजीको एरियल मेटिक पाउडर उपहार पनि पाउन सक्नेछन्।

यसैगरी ग्राहकले टीसीएलका सम्पूर्ण क्याटागोरीको एयर कन्डिसनरको खरिदमा रु। ५६ हजार ८०० सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्नुका साथै रु ४ हजारबराबरको निःशुल्क एसी जडान सुविधा पनि पाउन सक्नेछन्। ग्राहकले टीसीएलको साइड बाई साइड रेफ्रिजरेटरको खरिदमा रु ३१ हजार ८०० सम्मको आकर्षक क्यास ब्याक पाउनुका साथै सीजी इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्ने सक्नेछन्। यस्तै कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी र फ्री इन्स्टलेसन सुविधा पनि प्रदान गरेको छ।

त्यसैगरी शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुविधा र चाडपर्वका अवसरमा सामान खरिद गर्ने ग्राहकले ‘सीजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुरस्थित होटेल विभान्तामा २५५ सम्म छुट पाउन सक्नेछन्।

यी सुविधाका लागि ग्राहकले वेभसाइटमा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन्। कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रविभवन, कीर्तिपुर, हात्तीगौँडा, त्रिपुरेश्वर, गट्ठार, टेकु, नयाँबजार र काठमाण्डौबाहिर पोखरा, इटहरी, हेटौँडा र भरतपुरमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

क्लासिक टेकको भुक्तानी सेल पे वालेटमार्फत बुलेट सरर, इन्टरनेट टिभी फरर अफर सार्वजनिक

एनसेलको ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना सञ्चालन

एनभिडिया संसारको सबैभन्दा मूल्यवान कम्पनी बन्यो

मिडिया काउन्सिल विधेयकलाई संविधानको मर्मअनुरुप अगाडि बढाउन सुझाव

जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै

ज्येष्ठ नागरिकको राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक घरमै गर्ने व्यवस्था मिलाउन माग

विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर

नेपाल र श्रीलंकाको खेलअघि डिशहोम फाइबरनेटको २४ घण्टे नयाँ अफर

न्युयोर्कमा नाबालिगका लागि सोसल मिडियामा एल्गोरिदममा प्रतिबन्ध

चन्द्रमा-मंगल मिशनका लागि निर्मित अहिलेसम्मकै शक्तिशाली स्टारशिपको चौथो परीक्षण सफल

चीनको चन्द्रमा मिशन: २ किलो माटो लिएर फर्किदै चाङइ–६

नेपाल पत्रकार महासंघको चुनाव सर्ने