सदाबहार खबरको रफ्तार ....
श्रावण ७, २०८१ सोमबार
July 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लेखक प्रशान्त शर्माको दोस्रो उपन्यास ’ईरा’ सार्वजनिक

२०८० भाद्र ३०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लेखक प्रशान्त शर्माको दोस्रो उपन्यास ’ईरा’ सार्वजनिक गरिएको छ । आज भदाै ३० गते काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच समाजशास्त्री डा. शोभा ढुंगाना, सञ्चारकर्मी अच्युत घिमिरे बुलबुल, अभिनेत्री लक्ष्मी बर्देवा, लेखक विवेक ओझा र लेखक शर्मालगायतले सामुहिक रूपमा ‘ईरा’ सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै समाजशास्त्री डा. शोभा ढुंगानाले लेखक शर्माले समाजको वास्तविकतालाई उजागर गरेको बताईन् ।

उनले समाजमा कतिपय पात्रहरूले आज आफ्नो महत्व बुझ्न नसक्नाले शर्माको पुस्तकको पात्र जस्तै बन्न पुगेको भन्दै उपन्यास समाजको वास्तविक ऐनाको रुपमा प्रस्तुत भएको बताईन् । त्यस्तै, सञ्चारकर्मी अच्युत घिमिरेले पछिल्लो लेखक शर्मा पछिल्लो पुस्ताका अब्बल लेखकको रुपमा उदाएको बताए ।

अभिनेत्री लक्ष्मी बर्देवाले लेखक शर्मालाई बदाई दिदैँ पुरूष भएर पनि महिलाको विषयमा लेखक शर्माले चित्रण गरेको यथार्थ नै पुस्तकको सबल पक्ष भएको बताईन् ।

कार्यक्रमको समापन गर्दै लेखक शर्माले, दुई वर्षको अन्तरालपछि आफूले दोस्रो उपन्यास सार्वजनिक गर्ने दुस्साहस गरेको र यसको राम्रो र नराम्रो पक्षहरू सबै केलाउने जिम्मा पाठकको भएको बताए ।

उक्त पुस्तकको कभर डिजाइन रसिक राजले गरेका हुन भने, वि एन पुस्तकले बजार व्यवस्थापकको जिम्मा लिएको छ । कफि यात्रा प्रडक्सनद्वारा प्रकाशित पुस्तकको मूल्य ४५० तोकिएको छ । शर्माले पहिलो उपन्यास ‘रूखहरूको मृत्यु’ बजारमा ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चार जनालाई विपी पुरस्कार प्रदान

नयाँ पार्टी खोल्दैमा वैकल्पिक बनिँदैन: डा.बाबुराम भट्टराई

लोकेन्द्रबहादुर चन्दको ‘रात्रिभोज’ दोस्रो संस्करण प्रकाशित

‘नेपालको लोकतन्त्रको यात्रा कतातिर ?’ पुस्तक लोकार्पण

वरिष्ठ पत्रकार मिश्रा नगदसहित सम्मानित

आदिकवि भानुभक्त पुरस्कार स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरिने

इश्वरीका दुई कृति ‘अर्पण’ र ‘कसको आँखा लाग्यो’ एकसाथ लोकार्पण

‘विश्वविख्यात वैदिक वैज्ञानिक’को दोस्रो संस्करण बजारमा

लघुकथा सङ्ग्रह सनेसको विमोचन

सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तक विमोचन

अमेरिकामा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ लोकार्पण

सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै