सदाबहार खबरको रफ्तार ....
असोज २१, २०८१ सोमबार
October 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बैतडीको मणिलेक माविमा विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

२०८० भाद्र ३०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विद्यालय समयमा विद्यार्थी बेहोस हुन थालेपछि बैतडीको मेलौली नगरपालिका–७ स्थित मणिलेक मावि काँडामा पठनपाठन प्रभावित भएको छ । कक्षा ७ देखि १२ सम्मका छात्रा विद्यालयमै बेहोस हुने समस्या आएपछि पठनपाठन पनि प्रभावित हुने गरेको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले बताए ।

उनका अनुसार विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस हुने समस्या देखिने गरेको छ । बिहानको समयमा लाइनमा लागेका बेला र कक्षाकोठामा छात्राहरू बेहोस भएर ढल्ने गरेका प्रधानाध्यापक कलौनीले जानकारी दिए ।

सुरुमा एक छात्रालाई यो समस्या देखिएलगत्तै अरु छात्रामा पनि देखिएको उनले बताए । “विद्यालय समयमा दैनिक चार/पाँच छात्रामा यस्तो समस्या देखिने गरेको छ । १२ देखि १७ उमेर समूहका छात्रामा यो समस्या बढी छ”, कलौनीले भने, “विद्यार्थीमा दैनिक बेहोस हुने समस्या देखिन थालेपछि पठनपाठन पनि प्रभावित हुने गरेको छ ।”

छात्रामा देखिएको यस्तो समस्या ‘मास हिस्टेरिया’ रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । “यो सामान्य खालको बिरामीको लक्षण हो । उनीहरुमा भावना उत्पन्न भएर एकबाट अर्कोमा बेहोस हुने क्रम सर्ने गर्दछ”, उनले भने, “मनोपरामर्शलाई जोड दिने, सान्त्वना दिने, मनोबल बढाउने खालका कुरा गर्ने, सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिनेलगायत क्रियाकलापमा सहभागी गराउनुपर्छ । विस्तारै समस्या कम भएर जान्छ ।”

यसअघि बैतडीको पञ्चेश्वर र सिँगास गाउँपालिकाका विद्यालयमा पनि विद्यार्थी बेहोस हुने समस्या देखा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

२ लाख ६० हजार विद्यार्थी बाढीपहिरोबाट प्रभावित

पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण : मन्त्री भट्टराई

आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा

बाढीपहिरोः काभ्रेका ९२ विद्यालयमा क्षति

हिउँदे अधिवेशनमा विद्यालय शिक्षा विधेयक पेस गर्ने संसदिय समितिको तयारी

अतिरिक्त कक्षाका नाममा शुल्क लिने निजी विद्यालयलाई महानगरले पठायो पत्र

आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह

सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

एन्फा एकेडेमीका ६ विद्यार्थी पहिरोमा पुरिएको आशंका

बालविकास शिक्षालाई १ बर्षे बनाउन गृहकार्य गरिरहेको शिक्षामन्त्रीको उद्घोष

गाजाको विद्यालयमा भएको इजरायली आक्रमणमा सातको मृत्यु

काठमाडौँ विश्वविद्यालयमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै