सदाबहार खबरको रफ्तार ....
असार ५, २०८१ बुधबार
June 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

देशलाई समृद्ध बनाउने जिम्मेवारी युवा पुस्ताको काँधमा छ : उपाध्यक्ष भुसाल

२०८० भाद्र ३०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले शिक्षित युवा तथा विद्यार्थीले मुलुकको समृद्धिमा भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

ललितपुरमा आज आयोजित शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांकृतिक कार्यक्रममा उहाँले देशलाई समृद्ध बनाउने जिम्मेवारी युवा पुस्ताको काँधमा आएको बताउनुभयो ।

“देश बनाउने जिम्मा नयाँ पिँढीको हो”, पूर्वमन्त्री भुसालले भन्नुभयो, “नेपालमा केही भएन भन्दै बाहिर जाने अनि अर्काको देशमा बसेर नेपाललाई गाली गर्ने कुराले देश बन्दैन ।” देश बनाउन पढेलेखेका व्यक्तिले पहल गरे केही वर्षमै नेपाल विकसित हुनबाट कसैले रोक्न नसक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेतृ भुसालले ललितपुरको एम्स कलेजमा प्राध्यापन गरी विद्यावारिधि उपाधि हासिल गर्नुभएका डा दीपक अधिकारी र सिद्धार्थ ढुङ्गानालाई पदक प्रदान गर्नुभएको थियो । सो अवसरमा सात शिक्षक र उत्कृष्ट अङ्क ल्याउने चार विद्यार्थीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मन्त्रालयको बजेट पुनर्लेखन गर्न कांग्रेसको माग

विकासको गतिलाई तीव्रता दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

बारामा एकीकृत समाजवादीको प्रतिनिधि छनौटमा मनोमानी, किसान श्रेष्ठले गोजीबाट चिट निकालेपछि बहिष्कार

पूर्वराष्ट्रपति भण्डारीद्वारा रासस तस्बिर प्रदर्शनीको अवलोकन

कवाडी व्यवसायीमाथि प्रहरीले अनाहकमा धरपकड गर्यो- प्रभु शाह

खतिवडाको प्रश्न- विद्यादेवी भण्डारीले एमालेको सदस्यता लिएपछि पूर्व राष्ट्रपतिको सेवा सुबिधा के हुन्छ ?

‘पार्टी बचाउन समाजवादी सिद्धान्त र नीति नछाड्न नेतृत्वलाई दबाब दिनुपर्छ’

राष्ट्रिय अनुसन्धान बिभागलाई प्रधानमन्त्रीको मातहत राख्न मिल्दैन : प्रदीप पौडेल

प्रत्येक नागरिकलाई राजनीति र सङ्घीयता बुझाउनुपर्ने खाँचो छ : नेता बिजुक्छेँ

रासस तस्बिर प्रदर्शनीले देशको भौतिक प्रगति झल्कन्छ : अध्यक्ष केसी

बजेट चाहिदैन भन्दै ज्ञानेन्द्र शाहीले मन्त्रीलाई फिर्ता गरे बजेट पुस्तिका

सभापति देउवाद्वारा दुःख व्यक्त