सदाबहार खबरको रफ्तार ....
असोज १९, २०८१ शनिबार
October 5, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महानगरपालिकामा कार्यरत सात सय ३८ कर्मचारीको जागिर चट

२०८० भाद्र ३१, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वीरगन्ज महानगरपालिकामा कार्यरत ७३८ जनाको जागिर खोसिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरी परेपछि महानगरपालिकाले भदौ २७ गते बुधबारदेखि लागु हुने गरी ती कर्मचारीलाई कामकाजमा नलगाउन आदेश जारी गरेको हो ।

महानगरपालिकाले जारी गरेको पत्रमा सबै वडा कार्यालय, महाशाखा, उपशाखा, एकाइ प्रमुख, स्वास्थ्य चौकी, केन्द्रका कार्यालयमा स्थायी र करारमा कार्यरत रहेका कर्मचारीबाहेकका कसैलाई पनि कामकाजमा नलगाउने भनिएको छ । यस्तो पत्र जारी भएपछि विभिन्न मिति र विभिन्न तहमा नियुक्ति पाएका ज्यालादारी कर्मचारीको जागिर सकिएको छ ।

महानगरपालिकाको प्रशासन महाशाखाका अनुसार नियुक्ति पाएकामध्ये सरसफाइमा १९२, कम्प्युटर अपरेटर ११५, कार्यालय सहयोगीमा ७४, नगर प्रहरी ६६, हलुका सवारीचालक ५३, ट्याक्टरचालक ५३, फायरम्यान ४०, सुपरभाइजर ३३, कुली २०, बिजुली मिस्त्री १९, सबइन्जिनियर १४, गार्ड १२, नाइके आठ, अमिन सात, हेभी सवारीचालक पाँच, माली चार, चेनम्यान दुई र स्टाफ नर्स एक गरी ७१८ छन् भने २० जनाको हाजिरी आउन बाँकी रहेको छ ।

लेखा शाखाका स्रोतका अनुसार ७३८ कर्मचारीलाई हटाएपछि मासिक लगभग दुई करोडभन्दा बढी आर्थिक व्ययभारबाट महानगरपालिकाले उन्मुक्ति पाएको छ । दैनिक ज्यालादारीका कर्मचारी २०७९ साल असोज र केहीले कात्तिकमा नियुक्ति पाएका थिए । लगभग ११ महिनाको अवधिमा महानगरपालिकाले २० करोड रुपियाँको हाराहारीमा तलबमा खर्च गरिसकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका शाखा अधिकृत राजन रायले वीरगन्ज महानगरपालिकामा ठुलो सङ्ख्यामा आवश्यकताभन्दा बढी दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरी आर्थिक व्ययभार थपिएको उजुरी परेपछि प्रक्रियागत रूपमा नियुक्ति भएको नभएको छानबिन गरिरहेकाले सबै कुरा छानबिनकै क्रममा रहेकोले थप बताउन नसकिने बताए । यस विषयमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलसँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन नचाहेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अर्थतन्त्रमा सकारात्मक संकेत: ब्याजदर घट्दो, कर्जा प्रवाह बढ्दो

१४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषणा

राप्ती प्रतिष्ठानलाई बिमा उपचारको १३ करोड ऋण

विशेषबाट धमाधम अर्बौं भ्रष्टाचारमा सफाइ : सर्वोच्च ताक्दै अध्यक्ष कुँवर

तीन दर्जनभन्दा बढी पालिका विपद् संकटग्रस्त

डोजरे विकासले महाविनाश

१४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषणा

कौडीको भाउमा दिइएको पशुपतिनाथको गौशला धर्मशाला २१ वर्षपछि फिर्ता

कमलादीमा भ्वाङ परेको सडक डेढ महिनादेखि अलपत्र

सिन्धुलीमा स्क्रब टाईफस र डेंगुका विरामी बढ्दै

भारतको अनुदानमा निर्मित जलविद्युत् बंगलादेशमा निर्यात हुने

बही खातामा व्यापार आधुनिक भएको छ: उधोग वाणिज्य संघ मधेश प्रदेश अध्यक्ष टेमानी