सदाबहार खबरको रफ्तार ....
असार ५, २०८१ बुधबार
June 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

खाद्यान्न ओसार्न नयाँ मार्ग प्रयोग गरेर युक्रेनी बन्दरगाहमा पुगे पानीजहाज

२०८० भाद्र ३१, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः खाद्यान्न ओसार्ने दुई वटा मालवाहक पानीजहाज नयाँ मार्ग प्रयोग गरेर ब्ल्याक सी हुँदै युक्रेनी बन्दरगाह चोरनोमोर्सक पुगेका छन् ।

युक्रेनी बन्दरगाह अधिकारीहरूका अनुसार टापु राष्ट्र पलाउको झण्डा फहराउँदै बन्दगाह पुगेका ती जहाजका चालक दलका सदस्यमा युक्रेन, टर्की, अजरबैजान र इजिप्टका नागरिक छन् । यी जहाजले इजिप्ट र इजरायलमा २० हजार टन गहुँ ढुवानी गर्नेछन् । युक्रेन सूर्यमुखी तेल, जौ, मकै र गहुँ आपूर्ति गर्ने विश्वको सबैभन्दा ठूलो देश हो ।

पश्चिामा मुलुकले लादेको प्रतिबन्धका कारण आफ्नो खाद्यान्न र मल निर्यात प्रभावित भएको मस्कोले गुनासो गरेको छ । साथै युक्रेन जाने जहाजमाथि सैन्य कारबाही गर्ने धम्की दिएको छ । गत साताको प्रारम्भमा ओडेसाको युक्रेनी बन्दरगाहमा रोकिएका जहाजलाई लक्ष्य गरी रुसले आक्रमण गरेको आरोप बेलायतले लगाएको छ ।

करिब २० महिनाअघि रुसले युक्रेनमा आक्रमण गरेपछि निर्यातका निम्ति तयारी अवस्थामा राखिएको दुई करोड टन अन्न विश्व बजारमा पु¥याउन कठिन भएको थियो । पर्याप्त मात्रामा उक्त अनाज निर्यात नहुँदा संसारभर खाद्यान्नको मूल्य बढ्योभने मध्यपूर्वी र अफ्रिकी देशहरूमा अभाव सृजना भयो । युक्रेन युद्धबाट अफगानिस्तान, यमन, सुडान र इथियोपिया लगायतका यी केही देशमा परिचालन गरिने मानवीय सहायताका कार्यक्रम पनि प्रभावित भएका छन् ।

मस्कोले युक्रेनी बन्दरगाह पूर्वाधारलाई आक्रमाणको निशाना बनाउँदै आएको छ । उसले इज्मेल र रेनीको बन्दरगाहमा बारम्बार आक्रमण गरेको छ । विश्वव्यापी खाद्य सुरक्षालाई कमजोर पार्ने उद्देश्यका साथ मस्कोले अन्न निर्यात हुने स्थानमा आक्रमण गरेको आरोप किएभले लगाएको छ । लामो समयदेखिको खडेरीका कारण केन्यालगायत अफ्रिकी मुलुकमा खाद्यान्नको चरम अभाव हुन नदिन रुसले युक्रेनी अन्न निर्यातमा अवरोध गर्न नहुनेमा केी रुसी अधिकारीहरूले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अमेरिकी पुर्व सभामुखले दलाई लामालाई भेट्न लागेको प्रति चीनको कडा विरोध

थाइल्यान्डले समलिङ्गी विवाहलाई मान्यता दिने

भारतमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

चीनले मौद्रिक नीति समायोजन गर्ने : गभर्नर

अधिकारकर्मीको तत्काल रिहाइ गर्न चीनसँग अमेरिकाको माग

रूसले उत्तर कोरियाको समर्थनको कदर गर्दछ : राष्ट्रपति पुटिन

२४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन

बाइडेनले अमेरिकी नागरिकको जीवनसाथीका लागि अध्यागमन मार्गलाई सहज बनाउने

अमेरिकी पुर्व सभामुख पेलोसी दलाई लामालाई भेट्न भारतमा

उत्तर भारतमा गर्मीको कहर, यूपी–बिहारमा गर्मीका कारण १०७ जनाको मृत्यु

उत्तर कोरियाली सेना आफ्नो देशमा प्रवेश गर्न खोजेपछि सियोलले चलायो गोली

अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु