सदाबहार खबरको रफ्तार ....
असार ९, २०८१ आइतबार
June 23, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिद्धार्थ इक्विटी र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को नगद लाभांश खातामा जम्मा

२०८० असोज १, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले आफ्ना इकाईधनीलाई नगद लाभांश बैंक खातामा पठाइसकेका छन् ।

दुवै फन्डले भदौ १२ गतेसमम  डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको प्रतिफल भदौ २७ गतेबाट पठाउन सुरु गरेको जनाएका छन् ।

यस्तै, फन्डले हालसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेका छन् । यसका लागि इकाईधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ ।

यसैगरी, हालसम्म हितग्राही खाता नखोलेका इकाईधनीले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ ।  खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने सिद्धार्थ क्यापिटलले जनाएको छ ।

आर्थिक वर्ष २०७९–८० को नाफाबाट इन्भेष्टमेन्ट ग्रोथ स्कीमले करसहित ६.५% र इक्विटी फन्डले करसहित ५% का दरले नगद लाभांश वितरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पदयात्रामा पहिचान भएका ३ दर्जन पर्यटकीय गन्तव्यको सुची सहितको प्रतिवेदन हस्तान्तरण

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनःउत्पादन सुरु

‘भाषा साहित्य संरक्षणमा प्रतिष्ठानको भूमिका महत्वपूर्ण’

बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने

ईशनाथले ल्यायो ५१ करोडको बजेट

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

यस्तो छ आजको विनिमय दर

वीरगन्ज महानगरले ल्यायो २ अर्ब ८९ करोडको बजेट

भरतपुर विमानस्थल विस्तार चाँडै

११ महिनामा १४ खर्ब ५३ अर्ब आयात, १ खर्ब ३९ अर्ब निर्यात

भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन

सुनको भाउ एकैदिन एक हजार नौ सय रुपैयाँले बढ्यो