सदाबहार खबरको रफ्तार ....
श्रावण ७, २०८१ सोमबार
July 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : ओली

२०८० असोज १, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसकेको बताउनुभएको छ ।

ओलीले खसी, बोकालगायतका वस्तु चोरी पैठारी गर्दा पनि सरकारले नियन्त्रण गर्न नसकेकाले लक्ष्य अनुसार राजश्व उठ्न नसकेकोसमेत बताउनुभयो ।

राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर सोमबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भन्सारबाटै चोरी पैठारी हुँदा पनि सरकारले केही गर्न नसकेको आरोप लगाउनु भयो ।

अध्यक्ष ओलीले विद्युत मुलुकका लागि पर्याप्त नभए पनि सरकारले पुगे जसरी प्रचार गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले आफूले पहिलो पटक प्रधानमन्त्री भएका बेला मुलुकलाई आधारभूत रूपमा लोडसेडिङ मुक्त गराएको दाबीसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले मुलुकलाई अघि बढाउनका लागि वैज्ञानिक खोज तथा अनुसन्धानको विषयलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चितवन राष्ट्रिय निकुञ्जमा दुई सय २२ को उद्धार, ७६ जनावर मरे

पृथ्वी राजमार्गको मौवाखोला-मुग्लिन सडक खण्ड अबरुद्ध

अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो

मिटरमा गुड्न मान्दैनन् पोखराका ट्याक्सी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

ललितपुर महानगरले मर्मतपछि सञ्चालनमा ल्यायो १०६ वर्ष पुरानो डेनिस दमकल

आषाढ पूर्णिमाका अवसरमा भारतीय दूतावासद्वारा कार्यक्रम

श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

राहुघाट आयोजनाको मुख्य सुरुङ प्रायः पूरा

कस्तो छ आजको मौसम पूर्वानुमान ?

दाङमा जिप दुर्घटना हुँदा १० जना घाइते