सदाबहार खबरको रफ्तार ....
श्रावण ७, २०८१ सोमबार
July 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लिबियाको बाढी प्रभावित क्षेत्रमा हैजा, झाडापखाला र कुपोषणको महामारी फैलन सक्ने चेतावनी

२०८० असोज १, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संयुक्त राष्ट्र सङ्घले लिबियाको बाढी प्रभावित सहर डेर्नामा विस्थापित भएका ३० हजार मानिसलाई स्वच्छ पानी, खाना र आधारभूत आपूर्तिको खाँचो रहेको बताएको छ ।

लिबियामा रहेको संयुक्त राष्ट्र सङ्घीय सहायता मिसनले आज साेमवार विज्ञप्ति निकालेर प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, निर्जलीकरण र कुपोषणको समस्या बढिरहेको भन्दै तत्काल सहायता चाहिएको बताएको हो । विज्ञप्तिमा हजारौँको ज्यान जाने गरी फैलिएको बाढीले ‘दोस्रो विनाशकारी सङ्कट’ निम्त्याउन सक्ने चेतावनीसमेत रहेको छ ।

गएकाे हप्ता संयुक्त राष्ट्र सङ्घले डेर्ना र पूर्वी लिबियाका अन्य भागमा आपत्कालीन प्रतिकार्यका लागि सात करोड १० लाख अमेरिकी डलरभन्दा बढीको सहायता अपिल गरेको थियो ।

सेप्टेम्बर १० मा आएको आँधीका कारण युद्धग्रस्त उत्तरी अफ्रिकी देश लिबियामा आएको बाढीमा परेर ११ हजार तीन सय जनाको ज्यान गएको लिबिया रेडक्रसले जनाएको छ । अझै १० हजार जनाभन्दा धेरै हराइरहेका छन् । बाढीका कारण आठ सय ९१ वटा भवन पूर्णरूपमा भत्किएका छन् । यस्तै दुई सय ११ वटा आधा भत्किएका र तीन सय ९८ वटालाई माटोले पुरेको लिबिया सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बाइडेनले छोडे राष्ट्रपतिको उम्मेदवारी, कमला ह्यारिसलाई समर्थन

एथेन्स विमानस्थलमा विमानको आपतकालीन अवतरण, सबै यात्रु र चालक दल सकुशल

बंगलादेशमा कर्फ्यू जारी, देशभर सेना परिचालन

मलेसियामा नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले सम्हाले राजगद्दी

संयुक्त राष्ट्रसङ्घीय अदालतद्वारा इजरायललाई कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रमा “गैरकानुनी“ उपस्थिति अन्त्य गर्न आह्वान

बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू

चुनावी मैदान छोड्न बाइडेनमाथि दबाब बढ्दै

अमेरिकी पत्रकारलाई रुसमा १६ वर्षको कारागार सजाय

बङ्गलादेशका प्रधानमन्त्रीको शासनका लागि विद्यार्थी अशान्ति ठूलो चुनौती

‘माइक्रोसफ्ट एज्योर’मा समस्या आउँदा उडानमा विश्वव्यापी समस्या

राष्ट्रपति बाइडेनलाई माथिल्लो श्वासप्रश्वास नलीमा हल्का समस्या

छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा छ : भारतीय प्रधानमन्त्री मोदी