सदाबहार खबरको रफ्तार ....
जेठ ८, २०८१ मंगलबार
May 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सशस्त्रद्वारा ९१९ किलो गाँजा बरामद

२०८० असोज १, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हेटौंडामा सशस्त्र प्रहरीले ठूलो परिणाममा गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरीको हेटौंडा औद्योगिक क्षेत्रस्थित टोलीले हेटौंडामा जाँचका क्रममा भारतीय एनएल ०१ एसी २१४४ नम्बर ट्रकबाट लागुऔषध गाँजा ९ सय १९ किलो बरामद गरेको हो ।

गाँजासहित दुई भारतीय नागरिक पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बलरामपुर बिर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादब र सहचालक योगेश बर्मा रहेको सशस्त्र प्रहरीका एसपी अनिल कार्कीले बताउनुभयो ।

भारतीय ट्रकको भित्री भागमा फल्सबटन बनाएर गाँजा राखेर वेल्डिङ गरी लुकाइल्याएको अवस्थामा गाँजा बरामद गरिएको एसपी कार्कीले बताउनुभयो । भारतबाट मकै लिएर चितवनमा अनलोड गरी चितवनको खुर्खुरेबाट गाँजा लोड गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीको भनाइ छ ।

पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भइरहेको कार्कीले बताउनुभयो । बरामद भएको गाँजा नेपाल प्रहरीलाई हस्तान्तरण गरिने र थप अनुसन्धान प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सहकारीमा तोडफोड गर्ने ९ जना पक्राउ

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ

भिजिट भिसामा ओमान पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

खैरो हेरोइनसहित दुई जना युवा पक्राउ

सुन लुटपाट गर्ने दुई पक्राउ

धनुषाबाट चार जना किशोर किशोरी उद्धार

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ

ससुरा बुहारीलाई कालो मोसो दलेको आरोपमा ५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

अवैध लागूऔषधसहित चार जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ