सदाबहार खबरको रफ्तार ....
श्रावण ७, २०८१ सोमबार
July 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

माओवादीले पार्टी एकताका लागि नेसपालाई गर्‍यो पत्राचार

२०८० असोज २, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टी (नेसपा)सँग एकता गर्न पत्राचार गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेसपाका अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्राचार गरेका हुन् ।

अध्यक्ष प्रचण्डले पठाएको पत्रमा एकताका लागि पार्टीको नाम परिवर्तन गर्न आगामी महाधिवेशनमा छलफल गर्ने उल्लेख गरेका छन् । सो पत्रमा नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्टमित्र रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा खुला रूपले छलफल गरी आवश्यक निर्णय लिने उल्लेख गरिएको छ ।

माओवादी केन्द्रको भदौ २५ गते बसेको पदाधिकारीहरूको बैठकमा पार्टी एकता सम्बन्धमा छलफल भएको महासचिव देव गुरुङले जानकारी दिएका छन् । पार्टी एकता गर्ने भन्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुवै पक्षका उम्मेदवारहरूले गोलाकार भित्रको हसिया हथौडा लिएर निर्वाचनमा सहकार्य गरेका थिए ।

m

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

समयानुकूल संविधान संशोधन आवश्यक छ : कमल थापा

‘नयाँ सरकारले जनताको आशालाई विश्वासमा परिणत गर्नसक्छ’

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले सोमबार दाबी पेस गर्ने

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान

राजनीतिक स्थिरताका लागि नयाँ सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

बागमतीमा नयाँ सरकार गठनको आव्हान

काँग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिमा के के छ ?

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

बागमतीमा काँग्रेसका लामा मुख्यमन्त्री बन्दै

प्रचण्ड र नेपालबीच भेटवार्ता

निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन राजाले बिपीलाई जेल हाले : प्रम ओली

प्रचण्डको अस्थिर प्रवृत्तिका कारण कांग्रेस-एमाले गठबन्धन : गगन थापा