सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इन्डो-प्यासिफिक आर्मिज चिफ्स कन्फेरेन्समा सहभागी हुन प्रधानसेनापति भारत जाँदै

२०८० असोज ४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इन्डो–प्यासिफिक क्षेत्रका ३० वटा देशका सेना प्रमुखहरूको भारतमा हुने सम्मेलनमा सहभागी हुन प्रधानसेनापति प्रभुराम शर्मा आइतवार त्यसतर्फ जान लागेका छन् । नयाँ दिल्लीमा यही असोज ९ र १० गते १३औं ‘इन्डो–प्यासिफिक आर्मिज चिफ्स कन्फेरेन्स (आइपिएसिसी)’ हुँदैछ । सम्मेलनको आयोजना भारतीय र अमेरिकी सेनाले संयुक्त रूपमा गर्दैछन् । अमेरिकी सेनाका चिफ अफ स्टाफ जनरल जेम्स सी मिक्खानोभिल र भारतीय सेना प्रमुख जनरल मनोज पाण्डेले सम्मेलनको अध्यक्षता गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आइपिएसिसीसँगै ‘इन्डो–प्यासिफिक आर्मिज म्यानेजमेन्ट सेमिनार र सिनियर इनलिस्टेड लिडरसिप फोरम’ पनि हुँदैछ । यी कार्यक्रममा पनि प्रधानसेनापति शर्मा सहभागी हुनुहुनेछ ।

प्रधानसेनापति शर्मा आइपिएसिसी सम्मेलनमा सहभागी हुन असोज ७ गते आईतबार नयाँदिल्ली प्रस्थान गर्नुहुनेछ । सम्मेलनमा भाग लिएर सम्भवतः ११ गते फर्किनुहुन्छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भने । भण्डारीका अनुसार यस प्रकारको सम्मेलनमा नेपाली सेनाका प्रधानसेनापति पहिलेदेखि नै सहभागी हुँदै आएका छन् । उनले भने, ‘विगतका सम्मेलनमा पनि सहभागी हुँदै आएको हो । यो निरन्तर प्रक्रिया हो ।’

पूर्वसहायक रथी प्रेमसिंह बस्न्यात पनि नेपाली सेनाका प्रधानसेनापति यस्ता प्रकारका सम्मेलनमा पहिलेदेखि सहभागी हुँदै आएको बताउँछन् । ‘यो विभिन्न देशका सेनाबीच मित्रभाव जनाउने, परस्पर सद्भाव कायम गर्ने कार्यक्रम मात्रै हो,’ उनले भने, ‘यस्ता सम्मेलन, कार्यक्रममा नेपाली सेना पहिलेदेखि सहभागी हुँदै आएको छ । यसको अर्थ अर्को देशको स्वार्थमा नेपाली सेना सहभागी भएको भन्ने होइन ।’ नेपाली सेना सरकारले अख्तियार गरेको परराष्ट्र नीतिभन्दा बाहिर जान नसक्ने उनी बताउँछन् ।

सम्मेलनमा ‘इन्डो–प्यासिफिक’ क्षेत्रमा शान्ति, सुरक्षा र समृद्धि  प्रवर्द्धन, सुरक्षा सहयोग र सामूहिक रणनीति, परस्पर क्षेत्रीय हित र संकट न्यूनीकरणमा सैन्य कूटनीतिको भूमिकालगायत विषयमा पनि छलफल गर्ने कार्यक्रम छ । सन् १९९९ देखि हरेक दुई वर्षमा आइपिएसिसी हुँदै आएको छ । यसको १२औं सम्मेलन सन् २०२१ मा हवाईको फोर्ट साप्टरमा भएको थियो ।

भारतको दाबी  

सम्मेलन तयारीका क्रममा बुधवार भारतीय सेनाले नयाँ दिल्लीमा पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा भारतीय सेनाका उपप्रमुख एमभी सुचन्द्र कुमारले सम्मेलनमा इन्डो–प्यासिफिक मुलुकका सेनाका प्रमुखहरूले यस क्षेत्रमा देखिएको संकट न्यूनीकरणमा सैन्य कूटनीतिको भूमिका, परस्पर सहयोग तथा अन्तर क्षमता अभिवृद्धि र आधुनिक सेनामा आत्मनिर्भरताको आवश्यकता विषयमा छलफल गर्ने बताए । ‘विश्व अर्थतन्त्रमा इन्डो–प्यासिफिक क्षेत्रको भूमिका ठुलो र निर्विवाद छ ।

INDIAN ARMY AND UNITED STATES ARMY TO HOST INDO- PACIFIC ARMIES CHIEFS  CONFERENCE (IPACC), INDO- PACIFIC ARMIES MANAGEMENT SEMINAR (IPAMS) AND  SENIOR ENLISTED LEADERS FORUM (SELF) - NE India Broadcast

विश्वका ६४ प्रतिशत मानिस इन्डो–प्यासिफिक क्षेत्रमा बस्छन्,’ उनले भने, ‘विश्व व्यापारको ४६ प्रतिशतसहित कुल ग्रार्हस्थ्य उत्पादनमा ६३ प्रतिशत योगदान यो क्षेत्रको छ ।’ स्वतन्त्रतापछि भारतीय सेनाले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र स्थिरता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गरेको दाबी कुमारले गरे ।

सम्मेलनमा नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, इन्डोनेसिया, जापान, बंगलादेश, मलेसिया, भुटान, ब्रुनाई, कम्बोडिया, दक्षिण कोरिया, माल्दिभ्स, मंगोलिया, म्यानमार, न्युजिल्यान्डलगायत देशका सेना प्रमुख सहभागी हुने जनाइएको छ ।

क्यानडेली सेनाको सहभागितामा संशय

शिख नेता हरदीपसिंह निज्जारको हत्याका विषयमा भारत र क्यानडाबीच कूटनीतिक तनाव चलिरहँदा भारतमा हुने आइपिएसिसीमा क्यानडेली सेनाको सहभागिताका विषयमा संशय उत्पन्न भएको छ । क्यानडाका सेना प्रमुख यसअघिका आइपिएसिसीमा सहभागी हुँदै आएका छन् । अहिले भारतमा सम्मेलन हुन लागेकाले क्यानडेली सेना प्रमुखको सहभागिताका विषयमा आशंका जन्मिएको हो ।

भारतीय सेनाका मेजर जनरल अभिनय रायले क्यानडासँगको कूटनीतिक विवादले सम्मेलनमा कुनै असर नपर्ने दाबी गरेका छन् । राय भारतीय सेनाको रणनीतिक योजनाका अतिरिक्त महानिर्देशक हुन । ‘क्यानडासँगको कूटनीतिक विवादले सम्मेलनमा सेनाको सहभागितालाई असर गर्दैन र क्यानडा आइपिएसिसी यात्राको महत्त्वपूर्ण साझेदार हो,’ मेजर रायले भने । सम्मेलनमा क्यानडेली सेनाको प्रतिनिधित्व डेपुटी कमान्डर मेजर जनरल पिटर स्कटले गर्ने भारतीय अधिकारीको दाबी छ ।

Defence chief calls on Canadians to rally behind military during personnel  crisis | CBC News

गत जुन १८ मा क्यानडामा शिख नेता निज्जारको अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । निज्जारलाई भारतले आफ्नो भूमिलाई खण्डित गरेर ‘खालिस्तान’ बनाउने अभियन्ताका रूपमा लिएको थियो । उनले क्यानडामा बसेर भारतमा आतंकवादी गतिविधि सञ्चालन गरेको भारत सरकारको दाबी छ ।

निज्जारको हत्यामा भारत सरकारको संलग्नता रहेको वक्तव्य क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्मा दिएका थिए । जसलाई भारतले इन्कार गरेको छ । निज्जारको हत्यापछि क्यानडाले त्यहाँ रहेका भारतका एक कूटनीतिक अधिकारीलाई देश निकाला गरेको थियो । जसको बदलामा भारतले पनि क्यानडेली कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छाड्न उर्दी जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुदूरपश्चिम महोत्सवको तयारी पूरा, प्रधानमन्त्री प्रचण्डले भोली उद्घाटन गर्ने

आक्रोशित बन्दै सिरहाका मिटरब्याजपीडितहरू, साहुले हडपेको जमिनको धान काटेर भित्र्याए

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रधान सेनापति र अमेरिकी नेसनल सेक्युरिटी काउन्सिलकी सिनियर डाइरेक्टरबिच भेटवार्ता

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न

अन्तर्राष्ट्रिय शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्न नेपाल प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न माग

बैंक कर्मचारी ‘अपहरण’ गर्न खोज्ने दुर्गा प्रसाईंका कार्यकर्ता प्रहरी नियन्त्रणमा

एनसेलको शेयर खरिदबिक्री बिरुद्ध अनेरास्ववियुको प्रदर्शन

उपप्रधानमन्त्री पूर्णबहादुर खड्का घाना प्रस्थान

सैनिक श्रीमती सङ्घको सक्रियतामा फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुँदै

मंसिर ३० भित्र नागरिक सरकार घोषणा गरी गाउँदेखि केन्द्रसम्म समानान्तर सत्ता बनाउने प्रसाईको घोषणा