सदाबहार खबरको रफ्तार ....
भाद्र ३१, २०८१ सोमबार
September 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सन्दर्भ विश्व शान्ति दिवस: देशमा दिगो शान्तिको कामना गर्दै बौद्ध क्षेत्रमा शान्तिपूर्ण धर्ना

२०८० असोज ४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ चैत्य क्षेत्रमा दिगो शान्तिको कामना गर्दै धर्ना दिएको छ ।

विश्व शान्तिका लागि देशमा शान्ति कायम गर्ने वातावरण बनाउन धर्ना आयोजना गरिएको शाखाका अध्यक्ष भगवान् पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति अभियानमा लागेका पाँच दर्जनभन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

सहभागीले देशमा शान्ति कायम गराउनका लागि विभिन्न प्ले कार्ड बोकेर आह्वान गरेका थिए ।

हिंसाको भविष्य छैन, शान्तिको विकल्प छैन भन्ने नाराका साथ गरिएको धर्नामा समाजका पूर्वसभापतिद्वय उत्तम पुडासैनी र होमकान्त चौँलागाइँ, काठमाडौँ महानगरपालिका वडा नं. ६ का पूर्वअध्यक्ष दीपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का पूर्वअध्यक्ष रमेश अर्याल र वडा नं. ८ का पूर्वअध्यक्ष मनोजकुमार ढुङ्गानालगायत जनप्रतिनिधिको पनि सहभागिता थियो ।

धर्ना समापन कार्यक्रमलाई सम्बोधन गर्दैै समाजका केन्द्रीय सदस्य रामकृष्ण बरालले सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पु¥याएर पीडितलाई न्याय दिनुपर्नेमा जोड दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८१ मा घोषणा गरी १९८२ देखि सेप्टेम्बर २१ का दिन यो दिवस मनाउन थालेको हो ।

अहिंसा र युद्धविराममार्फत् शान्तिको आदर्शलाई सुदृढ गर्नका लागि समर्पित दिनका रुपमा विश्वभरी शान्ति दिवस मनाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न

विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छः मन्त्री भण्डारी

अधिकांश धितोपत्र दलालको टिएमएसमा समस्या, कारोबार प्रभावित

नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा ः मन्त्री दाहाल

बारामा बस दुर्घटना अपडेट: एकको मृत्यु, ४२ जना घाईते

नदीले बगाएका बालक अझै भेटिएनन

निःशुल्क रक्तसञ्चार कोषमा रु ५२ लाख सङ्कलन

एक महिनाभित्र भूमिसम्बन्धी आयोग गठन गरिने छ: मन्त्री अधिकारी

यस वर्ष विपद्बाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी

केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

बाराको उनासी पुलमा बस पल्टियो, ४३ यात्रु घाईते

यस्तो छ आजको मौसम पूर्वानुमान