सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जमुनाह नाकामा सुरक्षा सतर्कता

२०८० असोज ४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चाडपर्व नजिकिँदै गर्दा नेपालगञ्जस्थित जमुनाह नाकामा अवाञ्छित गतिविधि हुन नदिन सतर्कता अपनाइएको छ ।

भारतका विभिन्न सहरबाट कमाइ गरेर घर फर्किने नेपाली र किनमेलका लागि सीमावर्ती भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्तालाई आवागमनमा सहजताका लागि विशेष सतर्कता अपनाइएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले बताउनुभयो ।

“अहिले भारततिर जाने र आउने सर्वसाधारणले जमुनाहमा भीडभाड बढेको छ”, विष्टले भन्नुभयो, “सीमानाकामा लुटपाट हुन नदिन र सहजरुपमा आवतजावतका लागि हरदम प्रयास गरिरहेका छौँ ।”

भारतीय सुरक्षाकर्मीले आवागमनमा परिचयपत्र अनिवार्य गरेकाले परिचयपत्र नभएर अलपत्र परेका नेपालीलाई रुपैडिहा पुगेर भनसुन गरी नेपालतर्फ आउने वातावरणसमेत बनाउने गरेको उहाँको भनाइ छ ।

अहिले सीमावर्ती भारतीय बजार रुपैडिहा जान अनिवार्य परिचयपत्रको व्यवस्था गरिएकाले नेपाली उपभोक्ताले सास्ती व्यहोर्दै आएका छन् ।

नेपालगञ्ज भन्सार कार्यालयले रु एक सयभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने गरी कडाइ गरे पनि घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यकपर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजारौँको सङ््ख्यामा नेपाली उपभोक्ता सीमावर्ती भारतीय बजार रुपैडिहा पुग्ने गरेका छन् ।

बाँकेका ग्रामीण क्षेत्र र बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट तथा सल्यानलगायतका उपभोक्तासमेत किनमेलका लागि भारतीय बजार रुपैडिहा जाने गरेका छन् ।

सीमा क्षेत्रमा चाडपर्वका बेलामा लुटपाटका घटनासमेत हुने भएकाले सुरक्षा सतर्कता आवश्यक रहेको स्थानीय नागरिक अगुवा तेजविक्रम शाहले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बर्दिवास : खानेपानी चोरी गरेर नै बर्षौदेखी उधोग संचालन

नेपाल किसान महासंघ बैतडी कार्यसमितिले पायो पूर्णता

४४ लाख चन्दा संकलन योजनासहित मन्दिर पुनर्निर्माण सुरू

स्याङ्जाको एउटै गाउँबाट साढे दुई करोडको बीउ आलु बिक्री

बाँकेको दशगजाका ७१ सीमास्तम्भको मर्मत सुरु

भूमि आयोगद्वारा बन्दीपुरमा जग्गा नापजाँच सुरु

श्रम शोषणमा परेकी महिलाको उद्धार

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र

सतोखरका पुरुष मृत फेला

इन्टरपोलको महासभामा सहभागी भएर प्रहरी महानिरीक्षक स्वदेश फिर्ता

१९ औं संस्करणको लेखनाथ महोत्सव पुुस ५ देखि १६ गतेसम्म हुने

दाङबाट सल्यान जाँदै गरेको ट्रक दुर्घटना