सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हुम्लामा कोदो महोत्सव हुने

२०८० असोज ४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हुम्लामा पहिलो पटक कोदो महोत्सव गरिने भएको छ ।

अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारेर यही असोज १८ गते जिल्लाको जैविक कोदो खेतीको संरक्षण र प्रवद्र्धन गर्न कोदो महोत्सव गर्न लागिएको हो । हुम्लामा कोदो सबैभन्दा बढी उत्पादन हुने अनाजमा समेत पर्दछ ।

कोदो बालीको संरक्षण, प्रवद्र्धन र यसको प्रचारप्रसारका लागि महोत्सव गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख धर्मबहादुर शाहीले बताए । उत्पादन राम्रो हुने हुम्लामा कोदो महोत्सव गर्न लागिएको हो ।

जिल्ला बाहिरबाट अतिथि आउने भएका कारण यसको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । रैथाने कोदो बालीको प्रवद्र्धन गर्नसके यसलाई जिल्ला बाहिर निकासी गरेर किसानलाई प्रत्यक्षरूपमा फाइदा पुग्नेछ । महोत्सवमा व्यापारिक कक्ष निर्माण गरेर कोदोका परिकारसमेत प्रदर्शनी गरिनेछ ।

यस्तै कोदोबाट १५ भन्दाबढी परिकार तयार पारिनुका साथै महोत्सवको वृत्तचित्रसमेत तयार पारिनेछ । सो महोत्सवमा चार जना कोदोखेती गर्ने किसानलाई पुरस्कृत गरिनेछ । हुम्लाका सातवटै गाउँपालिकामा एक हजार तीन सय ५० हेक्टर जमिनमा कोदो खेती गर्दा एक हजार पाँच सय ४० मेट्रिकटन उत्पादन हुने गरेको जनाइएको छ ।

यस्तै कोदो महोत्सवका लागि यहाँका स्थानीय तहले आर्थिक सहयोगसमेत गर्ने भएका छन् । सिमकोट गाउँपालिकाले रु दुई लाख, नाम्खा गाउँपालिकाले रु एक लाख र खार्पुनाथ गाउँपालिकाले रु एक लाख ५० हजार सहयोग गर्ने सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताए ।

यस्तै एकीकृत अनुसन्धान विकास केन्द्र, गुडनेभर इन्टरनेश्नल, सीप नेपाल, आधार विकास नेपाललगायतका संस्थालेसमेत कोदो महोत्सवमा आर्थिक सहयोग गर्ने निमित्त कार्यालय प्रमुख शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बर्दिवास : खानेपानी चोरी गरेर नै बर्षौदेखी उधोग संचालन

नेपाल किसान महासंघ बैतडी कार्यसमितिले पायो पूर्णता

४४ लाख चन्दा संकलन योजनासहित मन्दिर पुनर्निर्माण सुरू

स्याङ्जाको एउटै गाउँबाट साढे दुई करोडको बीउ आलु बिक्री

बाँकेको दशगजाका ७१ सीमास्तम्भको मर्मत सुरु

भूमि आयोगद्वारा बन्दीपुरमा जग्गा नापजाँच सुरु

श्रम शोषणमा परेकी महिलाको उद्धार

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र

सतोखरका पुरुष मृत फेला

इन्टरपोलको महासभामा सहभागी भएर प्रहरी महानिरीक्षक स्वदेश फिर्ता

१९ औं संस्करणको लेखनाथ महोत्सव पुुस ५ देखि १६ गतेसम्म हुने

दाङबाट सल्यान जाँदै गरेको ट्रक दुर्घटना