सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यू–१९ च्याम्पियनसीप: नेपाल पाकिस्तानसँग पराजित

२०८० असोज ४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ च्याम्पियनसीपअन्तर्गत आज भएको खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई १–० गोलअन्तरले पराजित गरेको हो । पाकिस्तानको जितमा अली जफरले गोल गरे । उनले खेलको ७६औँ मिनेटमा गरेको एक गोल नै पाकिस्तानको लागि निर्णायक गोल सावित भयो । जफरले करिब ३० यार्डबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो ।

खेल अवधिभर नेपालको प्रदर्शन भने फिलतो रहेको थियो । अब पाकिस्तानले शनिबार माल्दिभ्ससँग खेल्नेछ । त्यस्तै नेपालले भने सोमबार माल्दिभ्सको सामना गर्नेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स रहेको छ । त्यस्तै समूह ‘बी’मा भारत, बङ्गलादेश र भुटान रहेको छ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आज देखि यु-१९ एसिया कप, नेपालले पाकिस्तानको सामना गर्दै

फारवेष्ट पशुपति कप अब मंसीर २९ गतेदेखि हुने

किरात गोल्डकप : झापा फाइनलमा

नेत्रहीन क्रिकेट प्रतियोगितामा बागमती च्याम्पियन

एनएसएल: एफसी चितवन र बुटवल लुम्बिनी १-१ को बराबरीमा

पिएसएलको ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप

चेल्सीमाथि म्यानचेस्टर युनाइटेड २-१ ले विजयी

एलपीएलमा घोडाघोडी र कैलाली विजयी

लिओनल मेसी ‘एथ्लेट अफ दि इअर’ घोषित

एनएसएल: पोखरालाई शीर्षमा उक्लिने मौका, आज इलामसँग भिड्दै

एसिया कप खेल्न नेपाली युवा टोली यूएई प्रस्थान

सुपर लिगः आज इलाम र पोखरा बिचमा खेल हुदैँ