सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन

२०८० असोज ४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः आन्दोलनरत शिक्षकको मागको विषयमा भएको दोश्रो वार्ता पनि निष्कर्षविहीन भएको छ ।

गृह मन्त्रालयमा भएको वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशशरण महत, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र सम्बन्धित मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो ।

त्यस्तै शिक्षकको तर्फबाट शिक्षक महासङ्घका पदाधिकारीहरू रहेका छन् । सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आन्दोलन गरेका हुन् ।

शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासङ्घले बुधबारदेखि काठमाडौँमा आन्दोलन गर्दै आएको छ । शिक्षकले देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प पारेर आन्दोलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालन

समायोजन भएका विद्यालयका ७५ जना शिक्षकको दरबन्दी मिलान

सिकाइ सामग्री बनाउन विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुँदै, यसरी दिनुहोस् आवेदन

राजनीतिक दललाई विद्यालयका कक्षाकाेठा प्रयोग गर्न नदिने

कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुल्यो (सुचनासहित)

शिक्षा विधेयकमाथि सरोकारवालासँग प्रदेशगत रूपमै सुझाव माग्ने संसदिय समितिको तयारी

तलबभत्ता दिने सहमतिपछि शिक्षक-शिक्षिका आन्दोलन छाडेर विद्यालय फर्किए

मिन्डानाओ स्टेट विश्वविद्यालयमा विस्फोट हुँदा चार जनाको मृत्यु

‘स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ’ : शिक्षा राज्यमन्त्री प्रमिला कुमारी

काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको ‘द लण्डन कलेज’ सञ्चालनमा

प्रादेशिक गुरुकुल विद्यालय भवन बनाउन महायज्ञ

गणेश माविमा प्लस टु सञ्चालनका लागि चन्दा सङ्कलन अभियान