सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सानेपामा सुरु

२०८० असोज ४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौँमा सुरु भएको छ ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा कार्यवाहक प्रधानमन्त्री समेत रहनुभएका पार्टी उपसभापति पूर्णबहादुर खड्काले सरकारका काम–कारबाहीका साथै विद्यालय शिक्षा विधेयकका सन्दर्भमा शिक्षक महासङ्घका प्रतिनिधिहरुसंग भएका संवादबारे जानकारी गराउनु गराउनुभयो ।

उपसभापति खड्काले देशको आर्थिक अवस्था र संविधानले निर्धारित गरेको दायरा भित्र रहेर शिक्षकहरूका माग पुरा गर्न सरकार तयार रहेको बताउनुभयो ।

महामन्त्री गगनकुमार थापाले यस अघिको केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको कार्ययोजना अनुरुप हालसम्म भएका र हुन नसकेका कामबारे बैठकलाई जानकारी गराउनुभयो ।

महामन्त्री थापाले २० साउनदेखि ३० साउनसम्म पार्टीले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण अभियान, पोलिसी ह्याकाथान, बिपी साहित्य महोत्सव लगायतको कार्यक्रमहरू प्रभावकारी भएको बताउनुभयो ।

आजको बैठकमा नेपाली काँग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापा, मधेश प्रदेश समितिका सभापति कृष्णप्रसाद यादव, बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्मा, लुम्बिनी प्रदेश समितिका सभापति अमरसिंह पुन, कर्णाली प्रदेशका सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेश समितिका सभापति वीरबहादुर बलायरले आ–आफ्नो धारणा राख्नुभयो ।

प्रदेश सभापतिहरूले पार्टीमा आफूहरूको भूमिका कमजोर पारिएको तथा प्रदेश सभा र प्रदेश सरकारलाई प्रभावकारी बनाउन पार्टीबाट आवश्यक सहयोग र समन्वय हुन नसकेको बताउनुभयो ।

यस्तै आजको बैठकमा केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर, प्रतिमा गौतमले आफ्ना धारणा राख्नुभयो ।

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले समेत शिक्षकका मागहरू सम्बोधनका लागि पहल गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभएको थियो । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक भोलि असोज ५ गते शुक्रबार बिहान ११ बजे पुनः बस्ने नेपाली काँग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको एमाले अध्यक्ष ओलीको आरोप

पार्टी परित्याग गरेका सदस्यको नाम अभिलेखबाट हटाउने राप्रपाको निर्णय

कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रियसभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्छ : सांसद डा. विमला राई

एमालेको सङ्कल्प यात्रा पर्वत पुग्दै

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीमा जारी

रास्वपाले सचिवालय बैठक डाक्यो

राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

‘आजीवन राजनीति गर्‍याे, पैसा खर्च गर्नेले निर्वाचन जित्छ, यो अवस्था बदल्नुपर्छ’

नेकपा एसको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

जसपाको कोशी प्रदेश समितिले गर्‍याे जिम्मेवारी बाँडफाट

जनहितमा बाधक कानुन सुधार गर्नुपर्छ : सांसद गिरी

एमाले पदयात्राः आज रुकुमकोट पुग्दै