सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महिला फुटबल र बास्केटबलमा नेपालले आज जापानसँग खेल्दै

२०८० असोज ८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चीनको हान्झाउमा भइरहेको १९औं एसियाडअन्तर्गत आज नेपालको महिला फुटबल र बास्केटबल टिमले जापानको सामना गर्दैछ ।

महिला फुटबलको समूह डी मा रहेको नेपाल र जापानबीचको खेल वेन्झोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ । यही संस्करणमा एसियाडमा डेब्यु गरेको नेपाली महिला फुटबल टिम यसअघि पहिलो खेलमा भियतनामसँग २-० ले पराजित भएको थियो ।

नेपालले महिला विश्वकप उपाधि जितिसकेको जापानसँग एसियाडमा पहिलो पटक खेल्न लागेको हो । पहिलो खेलमा भियतनामविरुद्ध घाइते भएकी सरु लिम्बुले भने एसियाडको बाँकी खेल गुमाउनेछिन् ।

नेपालले समूहको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । यस्तै महिला थ्री बाई थ्री बास्केटबलमा नेपालले जापानसँग खेल्दैछ ।समूह बी अन्तर्गत उक्त खेलमा देकिङ जिओग्राफिक इन्फरमेसन पार्क बास्केटबल कोर्टमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

नेपाली महिला टोलीले एसियाडमा लगातार तेस्रो पटक बास्केटबलमा सहभागिता जनाएको हो भने थ्री बाई थ्री मा महिला टोलीले लगातार दोस्रो पटक खेल्न लागेको हो । श्रेया खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा गरिसा सिलवाल, मिनु गुरुङ र रिन्छेन मोक्तान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

वेस्ट ह्यामसँग टोटनह्याम २-१ ले पराजित

आज देखि यु-१९ एसिया कप, नेपालले पाकिस्तानको सामना गर्दै

फारवेष्ट पशुपति कप अब मंसीर २९ गतेदेखि हुने

किरात गोल्डकप : झापा फाइनलमा

नेत्रहीन क्रिकेट प्रतियोगितामा बागमती च्याम्पियन

एनएसएल: एफसी चितवन र बुटवल लुम्बिनी १-१ को बराबरीमा

पिएसएलको ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप

चेल्सीमाथि म्यानचेस्टर युनाइटेड २-१ ले विजयी

एलपीएलमा घोडाघोडी र कैलाली विजयी

लिओनल मेसी ‘एथ्लेट अफ दि इअर’ घोषित

एनएसएल: पोखरालाई शीर्षमा उक्लिने मौका, आज इलामसँग भिड्दै

एसिया कप खेल्न नेपाली युवा टोली यूएई प्रस्थान