सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

डिजिटल नेपाल बनाउने सपना छ : प्रधानमन्त्री दाहाल

२०८० असोज ८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताएका छन्।

आज चीनको बेइजिङस्थित डिजिटल कम्पनी हुवावेको निरीक्षणपछि दिनुभएको प्रतिक्रियामा उनले सो धारणा राखेका हुन्। प्रधानमन्त्री दाहालले भने , “विश्वमा बढ्दो विज्ञान एवं सूचना प्रविधिको विकाससँगै अहिलेको विश्व विस्तारै डिजिटल स्वरुपमा गइरहेको छ, हामीले पनि नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने सपना देखेका छौँ ।”

उनले हाल नेपाल विज्ञान प्रविधिको विकासको प्रारम्भिक चरणमै रहेकाले नेपालमा सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गरे ।

नेपालमा चीनका उद्योगी व्यवसायीहरुले गर्ने लगानीका क्षेत्रहरु धेरै भएको र तीमध्ये पनि नयाँ र लाभ लिन सकिने एक क्षेत्र भनेको सूचना प्रविधि रहेकाले यस क्षेत्रमा लगानीका लागि उनले चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गरे । नेपालमा लगानी गर्न आउने विश्वका सबै लगानीकर्ताहरुको लगानीको सुरक्षा नेपाल सरकारले गर्ने र लगानीका लागि आवश्यक वातावरण पनि निर्माण गरिदिने प्रतिबद्धता पनि उनले सो अवसरमा व्यक्त गरेका थिए ।

हाल चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालसहित उनको प्रतिनिधिमण्डल आज सो कम्पनीको मुख्यालयमा पुगेको थियो । कम्पनीका उच्च अधिकारीहरुले प्रधानमन्त्रीलाई विशेष स्वागत गरेका थिए । उक्त बहुराष्ट्रिय कम्पनीले मोबाइल फोन, ल्यापटप लगायतका इलेक्ट्रोनिक वस्तुहरु उत्पादन गर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री

सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गर्छौंः प्रधानमन्त्री

वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहन गर्छौं : प्रधानमन्त्री

मानव सिर्जित जलवायु परिवर्तनका कारण विश्व संकटमा छ: राष्ट्रपति पौडेल

टिकटक प्रतिबन्धबारे पुनःविचार हुन्छ : प्रधानमन्त्री दाहाल

अहिले नै मन्त्रीमण्डल पुनः गठनको सम्भावना छैनः प्रधानमन्त्री

कोप-२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ

राष्ट्रपति पौडेलद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन

राष्ट्रपतिद्धारा मोजाम्बिक र इटालीका लागि गैर आवासीय राजदुत नियुक्त

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने मन्त्रिपरिषद्को निर्णय

आन्तरिकरुपमा प्रहरी समायोजनको प्रक्रिया अघि बढिसक्यो, छिट्टै प्रहरी समायोजन गर्छौं : प्रधानमन्त्री

‘सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा आफु गम्भीर’ : प्रधानमन्त्री प्रचण्ड