सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सर्लाहीको मलंगवामा दिउँसोको कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

२०८० असोज ८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सर्लाहीको मलंगवामा चार दिनदेखि लाग्दै आएको कर्फ्यू दिउँसोको समयमा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज सोमबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसोको कर्फ्यू हटाउने र राति ८ बजेदेखि ४ बजेसम्म मात्र कर्फ्यू कायम राख्ने निर्णय गरेको छ । दिउँसोको कर्फ्यू हटे पनि निषेधाज्ञा जारी राख्ने निर्णय बैठकले गरेको छ ।

सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साबिक मलंगवा नगरक्षेत्र भित्र कुनै प्रकारको भेला हुन जुलुस गर्न, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको छ ।

असोज ४ गते बेलुकी दुई पक्षबीच झडप भएपछि अप्रिय घटना हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले साबिकको मलंगवा नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाएको थियो ।

सामाजिक संजालमा सामाजिक सद्भाव बिगार्ने खालका हल्ला एवम् अफवाह फैलाउने व्यक्तिहरुको पहिचान गरी साइवर अपराध गरेको अभियोगमा कानून बमोजिम कारबाही गर्ने समेत सुरक्षा समितिले निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।

हल्लाको पछि नलाग्न सचेत गराउने र सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुडा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शन गर्ने, सामाजिक सद्भाव बिगार्ने खालका घटना घटाउने एवम् घटनमा संलग्न जो कोहीलाई कडा भन्दा कडा कार्यबाही हुने उनले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बर्दिवास : खानेपानी चोरी गरेर नै बर्षौदेखी उधोग संचालन

नेपाल किसान महासंघ बैतडी कार्यसमितिले पायो पूर्णता

४४ लाख चन्दा संकलन योजनासहित मन्दिर पुनर्निर्माण सुरू

स्याङ्जाको एउटै गाउँबाट साढे दुई करोडको बीउ आलु बिक्री

बाँकेको दशगजाका ७१ सीमास्तम्भको मर्मत सुरु

भूमि आयोगद्वारा बन्दीपुरमा जग्गा नापजाँच सुरु

श्रम शोषणमा परेकी महिलाको उद्धार

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र

सतोखरका पुरुष मृत फेला

इन्टरपोलको महासभामा सहभागी भएर प्रहरी महानिरीक्षक स्वदेश फिर्ता

१९ औं संस्करणको लेखनाथ महोत्सव पुुस ५ देखि १६ गतेसम्म हुने

दाङबाट सल्यान जाँदै गरेको ट्रक दुर्घटना