सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विराटनगरको बिग होटेलमा कोशी प्रदेशको सुरक्षा बैठक बस्दै

२०८० असोज ८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोशी प्रदेशको सुरक्षा अवस्थाको बारेमा छलफल गर्न आज सुरक्षा बैठक बस्दै छ ।

बैठकमा मुख्य गरी कोशी प्रदेशका ६ जिल्लाको सुरक्षा अवस्था र रणनीतिको बारेमा छलफल गर्ने योजना छ । विराटनगरको बिग होटेलमा आयोजना गरिएको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई तथा तीन वटै सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुहुने छ ।

पछिल्लो समयमा कोशी प्रदेशमा देखिएका सामाजिक सद्भाव विपरीतका क्रियाकलाप, पहिचान आदि नाममा भइरहेको आन्दोलन र अन्य राजनीतिक गतिविधिले सुरक्षा चुनौती थपेको छ । बैठकमा ती सबै विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुख र सांसदसमेतले ब्रिफिङ लिने कार्यक्रम रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सुरक्षासम्बन्धी छलफल गृहमन्त्री श्रेष्ठले ८ बजे उद्घाटन गरेपछि कोशी प्रदेशको ६ जिल्लाका प्रमुखले जिल्लागत सुरक्षा अवस्थाबारे ब्रिफिङ गर्नुहुनेछ ।

छलफलमा इलाम, झापा, धनकुटा, उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लागत सुरक्षा अवस्थाबारेमा बैठकमा जानकारी गराउने कार्यक्रम छ ।

पहिलो सत्रको समापन गरेपछि सोमबार दिउँसो साढे १२ बजेपछि राजनैतिक दल नागरिक समाजहरूसँग समसामयिक विषयमा छलफल गर्ने गृहमन्त्रीको कार्यसूची तय गरिएको छ । अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका सबै राजनैतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिको उपस्थिति रहनेछ । सोमबार साढे ३ बजे गृहमन्त्री श्रेष्ठले मन्तव्य राखेपछि कार्यक्रम समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एमाले पदयात्राको नवौं दिन: आज आरूघाट आईपुग्ने

अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ: महासचिव गुरुङ

राष्ट्रपतिसमक्ष राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

राप्रपा राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने, राप्रपा नियमावली–२०८० संशोधनसहित पारित

प्रधानमन्त्री प्रचण्ड इमान र लाज पचाएर सरकारमा बसिरहेको ओलीको आरोप

सर्वोच्चका प्रस्तावित न्यायाधीशसहितविरुद्ध ११ वटा उजुरी

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

अर्थतन्त्रको सूचक राम्रो छ, तर सर्वसाधारण खुसी छैनन् : प्रधानमन्त्री प्रचण्ड

एनसेल प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन

एनसेल प्रकरणको छानविन गर्न समिति गठन, ३० दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न कार्यादेश

उपरथी अशोक सिग्देललाई रथीमा बढुवा गर्ने सरकारकाे निर्णय