सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

साफ यु-१९ फुटबलमा नेपालले ४ गोलले हरायो माल्दिभ्सलाई

२०८० असोज ८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः साफ यु १९ फुटबल च्याम्पियनसिप खेलमा नेपालले मालदिभ्सलाई पराजित गरेको छ।

सोमबार दिउँसो काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपालले मालदिभ्सलाई ४-१ ले पराजित गरेको हो। नेपालले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेको थियो। माल्दिभ्सले भने दोस्रो हाफमा एक गोल गरेको हो।

१८औं मिनेटमा नेपालका प्रशान्त लकसमले गोल गरेका थिए। त्यसपछि ३० औं मिनेटमा समिर तामाङले दोस्रो गोल गरे। ५८ औं मिनेटमा माल्दिभ्सले गोल फर्काएको थियो। त्यस्तै नेपालका निरन्जन धामीले ८८ औं मिनेटमा गोल गरेका थिए।

अतिरिक्त समयमा नेपालका समिर तामाङले अर्को गोल पनि गरेका हुन्। यस खेलमा माल्दिभ्सका दुई र नेपालका एक खेलाडीले रातो कार्ड पाएका थिए। नेपालका सुजन डंगोल र माल्दिभ्सका मोहमद इयान हसनले रातो कार्ड पाए।

नेपालले यसअघि गत बिहीबार पाकिस्तानसँग खेलेको थियो। त्यस खेलमा पाकिस्तान १ गोलले पराजित भएको थियो। सोमबार साँझ साढे ५ बजे भारत र भुटानबीच खेल हुँदैछ। यो प्रतियोगिता असोज १३ गतेसम्म हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आज देखि यु-१९ एसिया कप, नेपालले पाकिस्तानको सामना गर्दै

फारवेष्ट पशुपति कप अब मंसीर २९ गतेदेखि हुने

किरात गोल्डकप : झापा फाइनलमा

नेत्रहीन क्रिकेट प्रतियोगितामा बागमती च्याम्पियन

एनएसएल: एफसी चितवन र बुटवल लुम्बिनी १-१ को बराबरीमा

पिएसएलको ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप

चेल्सीमाथि म्यानचेस्टर युनाइटेड २-१ ले विजयी

एलपीएलमा घोडाघोडी र कैलाली विजयी

लिओनल मेसी ‘एथ्लेट अफ दि इअर’ घोषित

एनएसएल: पोखरालाई शीर्षमा उक्लिने मौका, आज इलामसँग भिड्दै

एसिया कप खेल्न नेपाली युवा टोली यूएई प्रस्थान

सुपर लिगः आज इलाम र पोखरा बिचमा खेल हुदैँ