सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इमरान खानलाइ अर्काे जेलमा सारिने

२०८० असोज ९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई पञ्जाब प्रान्तको अटक जेलबाट रावलपिण्डीको ग्यारिसन सहरको अदियाला जेलमा सार्न आदेश दिएको छ।

तेहरिक ए इस्लाम पार्टीका नेतासमेत रहेका पूर्वप्रधानमन्त्रीलाई उच्च सुरक्षा मानिएको अदियाला जेलमा राख्न इस्लामावाद उच्च अदालतमा याचिका दायर गरिएको थियो।

उच्च अदालतका मुख्य न्यायाधीशले इमरान खानलाई अटक जेलबाट रावलपिंडीको अदियाला जेलमा सार्न निर्देशन दिएका हुन् । ७० वर्षीय इमरान खानलाई तोशखाना भ्रष्टाचार मुद्दामा अगस्ट ५ देखि अटक जेलमा राखिएको थियो । इस्लामावाद उच्च अदालतले उनको सजाय निलम्बन गरे पनि गोप्य कागजात चुहावटको मुद्दामा उनलाई अटक जेलमा राखिएको थियो।

आधिकारिक गोप्य कानून अन्तर्गत एक विशेष अदालतले गोप्य कागजातहरू लीक गरेको मामिलामा इमरान खानको रिमान्ड सेप्टेम्बर १३ बाट बढाएर सेप्टेम्बर २६ सम्म पुरयाइएकाे छ । इस्लामावाद अदालतले पूर्वप्रधानमन्त्रीलाई तीन वर्षको जेल सजाय सुनाएको छ र अधिकारीहरूलाई अडियाला जेलमा राख्न आदेश पनि दिएको छ। इमरान खान पक्राउ परेदेखि नै अटक जेलमा राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरानले अन्तरिक्षमा पठायो जनावर, ९ वर्षपछि मान्छेलाई पनि अन्तरिक्षमा पठाइने

रुसमा मार्च १७ तारिखमा राष्ट्रपति पदका लागि चुनाव हुने

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

संयुक्त राष्ट्रका महासचिवद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह

पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा

गाजामा ‘मानवीय प्रकोप’ अन्त्य गर्न कतार र साउदी अरेबियाको आह्वान

इजरायलले बम खसाल्ने त्रासले बढ्यो गाज्योः हमासका बन्दीहरू

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

गाजामा मारिनेको संख्या १५ हजार ९ सय नाघ्यो

गाजामा इजरायलले ‘नरसंहार गर्‍यो: कतार

इजरायली सेनाद्वारा गाजास्थित जबलिया शिविर घेराउ

रहेनन् ‘सिआइडी’ का कलाकार दिनेश फडनिस