सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एशियाली खेलकुद: जुडोमा नेपालको यात्रा समाप्त

२०८० असोज ९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चीनमा जारी एशियाली खेलकुदअन्तर्गत जुडोमा नेपालको यात्रा समाप्त भएको छ। जियोसन लिन्पु जिम्न्याजियममा मंगलबार दुई खेलाडी पराजित भएसँगै जुडोमा पनि नेपाल पदकविहीन भएको हो।

पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल इप्पोनका आधारमा पराजित भए। उनलाई प्रिक्वार्टरफाइनलमा काजकिस्तानका क्रिकबे गालिमजानले १ मिनेट ७ सेकेन्डमा हराए।

महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासँग इप्पोनकै आधारमा पराजित भइन्। प्रिक्वार्टरफाइनलमा उनी म्याटमा २७ सेकेन्ड मात्रै टिकेकी थिइन्। जुडोमा नेपालबाट समान चार–चार पुरुष/महिला गरी आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

यसअघि पुरुषमा विकास विक, जंगबहादुर सारु र इन्द्रबहादुर श्रेष्ठ प्रतियोगिताबाट बाहिरिएका थिए। महिलामा मनिता श्रेष्ठ प्रधान, देवकीमाया श्रेष्ठ र १३औँ दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठको यात्रामा पनि पूर्णविराम लागेको थियो। सहभागीमध्ये विकासले मात्र एक ‘बाउट’ जिते।

उनले ६० केजी राउन्ड अफ ३२ को खेलमा कम्बोडियाका भोलोडिमिर गुच्कोभलाई इप्पोन गोल्डेन स्कोरमा पाखा लगाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आज देखि यु-१९ एसिया कप, नेपालले पाकिस्तानको सामना गर्दै

फारवेष्ट पशुपति कप अब मंसीर २९ गतेदेखि हुने

किरात गोल्डकप : झापा फाइनलमा

नेत्रहीन क्रिकेट प्रतियोगितामा बागमती च्याम्पियन

एनएसएल: एफसी चितवन र बुटवल लुम्बिनी १-१ को बराबरीमा

पिएसएलको ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप

चेल्सीमाथि म्यानचेस्टर युनाइटेड २-१ ले विजयी

एलपीएलमा घोडाघोडी र कैलाली विजयी

लिओनल मेसी ‘एथ्लेट अफ दि इअर’ घोषित

एनएसएल: पोखरालाई शीर्षमा उक्लिने मौका, आज इलामसँग भिड्दै

एसिया कप खेल्न नेपाली युवा टोली यूएई प्रस्थान

सुपर लिगः आज इलाम र पोखरा बिचमा खेल हुदैँ