सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कामपा र सामाजिक अभियन्ता ई: को टोलीबीच वार्ता सुरु

२०८० असोज ९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ई: को टोलीबीच वार्ता सुरु भएको छ । वार्तामा कामपा प्रमुख बालेन्द्र (बालेन) शाह उपस्थित हुनुभएको छैन । महानगरले ई सँग वार्ता गर्न बनाएको वार्ता टोलीका प्रतिनिधि र अभियन्ता ई: का टोलीबीच वार्ता सुरु भएको हो ।

फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा सामाजिक अभियन्ता ई: ले राष्ट्रिय सभागृहअघि पछिल्लो दिनदेखि उभिएर प्रदर्शन गरिरहेका छन् । वार्तामा कामपा प्रमुख शाह नआउने भएपछि अभियन्ता ई: पनि वार्तामा नआएका हुन् ।

महानगरपालिकाका तर्फबाट वार्तामा महानगरका प्रवक्ता नवीन मानन्धर, वडाध्यक्ष चीनकाजी महर्जन, कानून विभाग प्रमुख वसन्त आचार्य, कुमार व्यञ्जनकार र धीरज जोशी सहभागी छन् ।

त्यस्तै अभियन्ता ई:को टोलीबाट विवेकशील साझाका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी छन् ।

महानगरका उपप्रमुख सुनिता डंगोलले आजै अभियन्ता ई: लाई गएर भेटेर ई: ले उठाएका मागहरुप्रति महानगर संवेदनशील रहेको बताउनुभएको थियो । यसअघि महानगरप्रमुख शाहसँग अभियन्ताहरुले भेट्न खोजे पनि समय नदिइएको आरोप ई: ले लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एमाले पदयात्राको नवौं दिन: आज आरूघाट आईपुग्ने

एनसेलको सेयर बिक्री रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ: महासचिव गुरुङ

राष्ट्रपतिसमक्ष राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

राप्रपा राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने, राप्रपा नियमावली–२०८० संशोधनसहित पारित

प्रधानमन्त्री प्रचण्ड इमान र लाज पचाएर सरकारमा बसिरहेको ओलीको आरोप

सर्वोच्चका प्रस्तावित न्यायाधीशसहितविरुद्ध ११ वटा उजुरी

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

अर्थतन्त्रको सूचक राम्रो छ, तर सर्वसाधारण खुसी छैनन् : प्रधानमन्त्री प्रचण्ड

एनसेल प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन

एनसेल प्रकरणको छानविन गर्न समिति गठन, ३० दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न कार्यादेश