
काठमाण्डौंः आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता सुरु भएको छ ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सकमाथि कुटपिट भएको विरोधमा आन्दोलनमा उत्रिएका चिकित्सकसँग सरकारले वार्ता गरेको हो ।
सरकारी तर्फबाट वार्ताको नेतृत्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका छन् । गृहमन्त्रालयमा जारी वार्तामा स्वास्थ्यमन्त्रालयका अधिकारी पनि सहभागीसँगै स्वास्थ्यकर्मी ट्रेड युनियन, मेडिकल काउन्सिल, चिकित्सक संघलगायतका प्रतिनिधि उपस्थित छन् ।
स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै डाक्टरहरू सडकमा उत्रिएका छन् ।