सदाबहार खबरको रफ्तार ....
असार ५, २०८१ बुधबार
June 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

२०८० असोज ९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा ठेकेन्द्रराज जोशी नियुक्त भएका छन्।

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा मंगलबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

नेपालको संविधानको १६० को उपधारा २ बमोजिम जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। धनगढी उपमहानगरपालिका–२ का अधिवक्ता जोशी २०५८ सालदेखि कैलाली जिल्ला अदालत बार एसोसिएशनमा आवरुद्ध भई कानून व्यवसायीको रूपमा काम गर्दै आएका थिए।

उच्च अदालतका न्यायाधीश सरह मर्यादा र सुविधा पाउने मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको काननी सल्लाहकार रहने व्यवस्था छ। नेपालको संविधान २०७२ को धारा १६० ले महान्यायाधिवक्ताको मातहत रहने गरी प्रत्येक प्रदेशमा एक मुख्यन्यायाधिवक्ता रहने व्यवस्था गरेको छ। मुख्य न्यायाधिवक्ताको नियुक्ति मुख्य मन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट हुने व्यवस्था छ।

संविधानको धारा १६०(५) मा मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकार हुने र संवैधानिक एंव कानूनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकिदिएको अधिकारीलाई राय सल्लाह दिनु मुख्य न्यायाधिवक्ताको कर्तव्य हुने संवैधानिक व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सिधाकुरा अनलाइनको विवाद बृहत् पूर्ण इजलासमा सुनुवाइ हुने

इलाम- १ मा पुन निर्वाचन गर्न झलनाथले दायर गरेको रिट खारेज

सहकारीसम्बन्धि संसदीय छानबिन समिति कानुनी परामर्शमा

मनसुनजन्य घटनाका समयमा समन्वय र सहकार्य गरी काम गर्नूस् : मन्त्री शर्मा

नेपाल स्काउट समय सापेक्ष रुपान्तरण हुनुपर्छ : मन्त्री श्रेष्ठ

योगाभ्यासले सेवा प्रवाहमा प्रभावकारिता ल्याउँछ : गृहमन्त्री लामिछाने

विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन आग्रह

चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि समन्वय र सहकार्य आवश्यक छ : प्रधानमन्त्री दाहाल

गृहमन्त्रीले प्रहरीको चेन अफ कमाण्डलाई ब्रेक गर्ने गम्भिर गल्ती गरे: अर्जुननरसिंह केसी

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन माग

गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा