सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य

२०८० असोज १०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विश्व पर्यटन परिषद्को सन् २०१९ को तथ्याङ्क अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.७ प्रतिशत रहेको छ ।

पर्यटन क्षेत्रले करिब एघार लाख रोजगारी सिर्जना गरेको सरकारको दाबी छ । पर्यटन व्यवसायीले पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्रकृति, साहसिक र संस्कृतिका आधारमा नेपालको पर्यटनलाई विश्व बजारमा थप प्रवर्धन गर्न जरुरी रहेको जनाएका छन् । सरकारले सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

सन् २०२३ को आठ महिनामा छ लाख एक हजार ३६० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार वर्षको जनवरीदेखि अगस्ट महिनासम्म छ लाख एक हजार ३६० पर्यटक भित्रिएका हुन् ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार पछिल्लो आठ महिनाको पर्यटक आगमन दर हेर्दा सन् २०२३ मा १० लाख पर्यटक भित्रिने अपेक्षा गरिएको छ । उनले भने, “पछिल्ला प्रत्येक महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेको छ । सम्भावित स्रोत बजारबाट निरन्तर आगमन बढिरहेकाले सन् २०२३ मा १० लाख पर्यटक पुर्‍याउने लक्ष्य पूरा हुने विश्वास गरिएको छ ।” गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प, कृत्रिम मूल्यवृद्धि

जोसँग इजलास सेयर, उसैले गरे उजुरी

त्रिविको उपकुलपतिमा आधा दर्जन आकांक्षी

पुसभित्रै फेरिन सक्छन् मन्त्री

वाइडबडी खरिद प्रकरणमा अख्तियारले बोलायो ३ विदेशी कम्पनी

खुम्चिँदै निर्जीवन बिमा कम्पनीको व्यवसाय

उपसभापति र महामन्त्रीमा महिला थप्न कांग्रेसमा कसरत

एनसेलद्वारा कानुन र अर्थ व्यवस्थाको धज्जी

लक्षित वर्गमा पुगेन लघुवित्तको ऋण

अनुकूलन योजना कार्यान्वयनमा जुटेन सहमति

रसिया पुग्ने प्रक्रिया के थियो ?

रोजगारीका लागि युरोप जाने बढे