सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एमाले बाग्मती अधिवेसन दुई दिन लम्बियो, आजवाट निर्वाचन प्रक्रिया सुरु

२०८० असोज १०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा एमालेको बागमती प्रदेश अधिवेशन लम्बिएको छ ।

बाग्मती प्रदेशको भावी नेतृत्वमा सहमति हुन नसक्दा प्रदेश अधिवेसन लम्बिएको हो ।

जसका कारण हिजो सम्पन्न हुनु पर्ने अधिवेसन दुइ दिन बढी लम्बिन पुगेको हो । जसअनुसार आजका लागि निर्वाचन कार्यतालिका सार्बजनिक भएको छ । गत ८ गते सुरु भएको अधिवेसन ९ गते सम्पन्न गर्ने भनिए पनि अब अधिवेसन ११ असोजसम्म चल्नेछ । निर्वाचन समितिले असोज १० र ११ गतेको निर्वाचन कार्यतालिकाको बारेमा जानकारी दिए पछि दुई दिन बढी लम्बिएको हो ।

जसअनुसार निर्वाचन कार्यक्रम आज  बिहान ८ बजेदेखि सुरु हुनेछ ।  तालिकाअनुसार बुधबार बिहान ९ बजे अन्तिम मतदाना नामवली प्रकाशन हुनेछ भने ९ देखि ११ बजे उम्मेदवारी मनोनयन गरिनेछ । दिउँसो  ४ बजे उम्मेदवारी फिर्ता लिने समय छुटाएको निर्वाचन समितिले साँझ ५ बजे मात्रे उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन गर्ने जनाइएको छ ।

बिद्युतीय मतदानवाट नेतृत्व चयन गर्न लागेको बाग्मती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान सुरु गराउने छ भने सोह दिन निर्वाचित प्रतिनिधिको नतिजा प्रकाशन पर्ने गर्ने जनाईएको छ । जारी अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् ।

बन्द सत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको बाग्मती एमालले निर्वाचनको सम्पुर्ण प्रक्रिया भने च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एमाले पदयात्राको नवौं दिन: आज आरूघाट आईपुग्ने

एनसेलको सेयर बिक्री रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ: महासचिव गुरुङ

राष्ट्रपतिसमक्ष राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

राप्रपा राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने, राप्रपा नियमावली–२०८० संशोधनसहित पारित

प्रधानमन्त्री प्रचण्ड इमान र लाज पचाएर सरकारमा बसिरहेको ओलीको आरोप

सर्वोच्चका प्रस्तावित न्यायाधीशसहितविरुद्ध ११ वटा उजुरी

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

अर्थतन्त्रको सूचक राम्रो छ, तर सर्वसाधारण खुसी छैनन् : प्रधानमन्त्री प्रचण्ड

एनसेल प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन

एनसेल प्रकरणको छानविन गर्न समिति गठन, ३० दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न कार्यादेश