सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड

२०८० असोज १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छेन्दु आइपुगेका छन्।

प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु आइपुगेका हुन्।
उनलाई छेन्दु सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङ, विदेश मन्त्रालयको सिचुआन प्रान्तका निर्देशक चाङ ताओ र विदेश मन्त्रालयको एसियाली मामिलासम्बन्धी विभागका प्रमुखले स्वागत गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले आज साँझ चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम छ। आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गरिएको छ।

बुधबार चीनको छोङछिङबाट ल्हासा आइपुगेका प्रधानमन्त्रीले बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए। प्रधानमन्त्री दाहालले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गरे। त्यसपछि उनी बुधबार नै ल्हासास्थित प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गरेका थिए।

प्रधानमन्त्री प्रचण्ड र भ्रमण दलका सदस्यहरू शनिबार छेन्दुबाटै काठमाडौं फर्किने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एमाले पदयात्राको नवौं दिन: आज आरूघाट आईपुग्ने

एनसेलको सेयर बिक्री रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ: महासचिव गुरुङ

राष्ट्रपतिसमक्ष राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

राप्रपा राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने, राप्रपा नियमावली–२०८० संशोधनसहित पारित

प्रधानमन्त्री प्रचण्ड इमान र लाज पचाएर सरकारमा बसिरहेको ओलीको आरोप

सर्वोच्चका प्रस्तावित न्यायाधीशसहितविरुद्ध ११ वटा उजुरी

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

अर्थतन्त्रको सूचक राम्रो छ, तर सर्वसाधारण खुसी छैनन् : प्रधानमन्त्री प्रचण्ड

एनसेल प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन

एनसेल प्रकरणको छानविन गर्न समिति गठन, ३० दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न कार्यादेश