सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जब तमिलनाडुकाे टयाक्सी चालकको खातामा ९ हजार करोड ट्रान्सफर भयाे…

२०८० असोज १३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तमिलनाड मर्केन्टाइल बैंक केही समयदेखि चर्चामा रहेको छ ।

यसैबिच यो बैंकको बारेमा एउटा ठूलो खबर आएको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत एस कृष्णनले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

बैंकले केही दिन अगाडि ट्याक्सी चालकको खातामा गल्तीले ९ हजार करोड रुपैयाँ ट्रान्सफर गरेको खबर बाहिरिएसँगै उनको राजीनामाको खबर बाहिर आएको हो । तर, राजीनामाको जानकारी दिँदै एस कृष्णनले व्यक्तिगत कारणले आफुले पाएको पदबाट राजीनामा दिएको बताएका छन् । उनको कार्यकाल अझै धेरै बाँकी थियो ।

बिजनेश टुडेमा प्रकाशित समाचार अनुसार तमिलनाड मर्केन्टाइल बैंकले कृष्णनको राजीनामाको बारेमा बजार नियामकलाई जानकारी गराएको छ । यससँगै बैंकको सञ्चालक समितिको सेप्टेम्बर २८ गते बसेको बैठकले एमडीको राजीनामा पनि स्वीकृत गरेको छ । यसपछि यो जानकारी रिजर्भ बैंकलाई पनि दिइएको छ ।  तर, रिजर्भ बैंकबाट निर्देशन नआएसम्म कृष्णनले यो पदमा रहने छन्। उनले सेप्टेम्बर २०२२ मा यो पद ग्रहण गरेका थिए।

तमिलनाड मर्केन्टाइल बैंक चर्चामा त्यो बेला आयो, जब बैंकले ट्याक्सी चालकको खातामा गल्तीले ९ हजार करोड रुपैयाँ ट्रान्सफर गर्‍यो। चेन्नई क्याब चालक राजकुमारको पनि तमिलनाडु मर्केन्टाइल बैंकमा खाता थियो। जब ट्याक्सी चालकको खातामा ९ हजार करोड रुपैयाँ ट्रान्सफर भएको सन्देश आयो, उनी छक्क परे ।

उनले यो फेक म्यासेज हो भन्ने ठाने तर साथीको खातामा २१ हजार रुपैयाँ ट्रान्सफर गर्दा उनी सफल भए । यस्तो अवस्थामा उनले आफ्नो खातामा यति ठूलो रकम साँच्चै जम्मा भएको थाहा पाए तर बैंकले त्यो रकम आधा घण्टामै झिक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरानले अन्तरिक्षमा पठायो जनावर, ९ वर्षपछि मान्छेलाई पनि अन्तरिक्षमा पठाइने

रुसमा मार्च १७ तारिखमा राष्ट्रपति पदका लागि चुनाव हुने

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

संयुक्त राष्ट्रका महासचिवद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह

पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा

गाजामा ‘मानवीय प्रकोप’ अन्त्य गर्न कतार र साउदी अरेबियाको आह्वान

इजरायलले बम खसाल्ने त्रासले बढ्यो गाज्योः हमासका बन्दीहरू

अमिर खान फसे २४ घन्टासम्म चक्राबत मिचुआङमा, रेस्क्यु टाेलीले गर्याे उद्दार

गाजामा मारिनेको संख्या १५ हजार ९ सय नाघ्यो

गाजामा इजरायलले ‘नरसंहार गर्‍यो: कतार

इजरायली सेनाद्वारा गाजास्थित जबलिया शिविर घेराउ

रहेनन् ‘सिआइडी’ का कलाकार दिनेश फडनिस