सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले गरे उम्मेदवारी घोषणा

२०८० असोज १३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कतार, मलेसियामा सफल व्यवसायीका रुपमा चिनिएका एनआरएनए सचिव खगेन्द्र न्यौपानले उपाध्यक्ष पदमा आफ्नो प्रतिबद्दतासहित उम्मेदवारी घोषणा गरेका छन ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष आरके शर्माको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्न कतारको दोहामा आयोजित कार्यक्रममा वर्तमान सचिव न्यौपानेले मध्यपुर्व र मलेसियाका एजेन्डाहरु एउटै रहेको जनाउदै उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन ।

संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा आफुले सन २०२३–२५ कार्यकालका लागि मध्यपुर्वको हव कतारबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको  न्यौपानेले बताए ।

आरके शर्माको अध्यक्ष पदको उम्मेदवारी घोषणा कार्यक्रममा उनीसँगै आफूले पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेको न्यौपानेले बताए ।

एनआरएनए मलेसियाको उपाध्यक्ष, आइसीसी सदस्य, एक कार्यकाल अध्यक्ष, एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक र वर्तमान आइसीसी सचिवको जिम्मेवारी सफलताका साथ निभाइसकेकाले एनआरएनए अभियानमा लागिरहँदा आफ्ना मुद्धालाई स्थापित गर्न आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।

गैरआवासीय नेपाली संघको अभियानमा आफूले सदैव सकारात्मक भूमिका खेल्दै आएको उनले बताए । एनआरएनए अभियानमा लाग्दै गर्दा यस पवित्र सामाजिक संस्थाबाट प्राप्त अनुभवलाई संगालेर आगामी कार्यकालको लागि एनआरएनए आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु’, उनले भने, ‘विगतको मेरो भूमिकालाई नजिकबाट समीक्षा गर्नु हुने सम्पूर्ण अग्रज, साथीभाईले मलाई उपाध्यक्ष पदमा बसेर संघलाई अझ बढि योगदान दिन गरेको अनुरोधलाई आत्मसाथ गर्दै उपाध्यक्ष पदमा उम्मेदवार दिने निर्णय गरेको हुँ ।’

नेपालमा समेत विभिन्न क्षेत्रमा व्यवसाय गरेका न्यौपाने एनआरएनएभित्र परिचित मानिन्छन् । एनआरएनए अभियानको क्रममा विश्वका धेरै मुलुकहरु पुगिसकेका न्यौपाने हाल मध्यपुर्व भ्रमणमा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एमाले पदयात्राको नवौं दिन: आज आरूघाट आईपुग्ने

एनसेलको सेयर बिक्री रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ: महासचिव गुरुङ

राष्ट्रपतिसमक्ष राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

राप्रपा राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने, राप्रपा नियमावली–२०८० संशोधनसहित पारित

प्रधानमन्त्री प्रचण्ड इमान र लाज पचाएर सरकारमा बसिरहेको ओलीको आरोप

सर्वोच्चका प्रस्तावित न्यायाधीशसहितविरुद्ध ११ वटा उजुरी

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

अर्थतन्त्रको सूचक राम्रो छ, तर सर्वसाधारण खुसी छैनन् : प्रधानमन्त्री प्रचण्ड

एनसेल प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन

एनसेल प्रकरणको छानविन गर्न समिति गठन, ३० दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न कार्यादेश