सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एकल वाचनमा कवि मञ्जुल

२०८० असोज १४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पोखरेली युवा सांस्कृतिक परिवारको मञ्चमा आज कवि मञ्जुल प्रस्तुत हुनुभयो । परिवारद्वारा आयोजित ‘एकल कविता वाचन’मा उहाँले दर्जन बढी कविता सुनाउनुभयो । ‘गायक यात्री’ शीर्षकको कविताबाट मञ्जुलले वाचन सुरु गर्नुभएको थियो ।

पोखरेली वाङ्मयप्रेमीले उहाँका ‘हामी माथिमाथि उडिरहेको चील’, ‘परेवा र तिम्रो हात’, ‘आकाश’, ‘गाउँको गोरेटो’लगायत कविता रुचिपूर्वक सुने । मञ्जुलले सिर्जनाको रचनाकाल र सन्दर्भबारे बताउँदै कविता पाठ गर्नुभएको थियो ।

उहाँले राल्फा सांस्कृतिक अभियानका क्रममा नेपालका गाउँबस्ती डुल्दाका बखत लेखिएका कविता समेत सुनाउनुभएको थियो । राल्फा समूहको सर्जक र गायकका रूपमा जनताका आवाज मुखरित गर्दाको क्षणलाई मञ्जुलले कविता वाचनका क्रममा स्मरण गर्नुभयो ।

आजभन्दा झण्डै ५० वर्षअघि निरकुंश पञ्चायतविरुद्ध गीत र कविताका माध्यमबाट जनजागरण ल्याउन उक्त समूह सक्रिय भएको थियो । पछि त्यो राल्फा सांस्कृतिक आन्दोलनका रूपमा विकास भएको थियो । उक्त समूहमा मञ्जुल, रामेश, रायन लगायत गायक तथा संस्कृतिकर्मी सहभागी थिए ।

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जीवनको उत्तरार्धमा पनि कवि मञ्जुल सिर्जना कर्ममा उत्तिकै सक्रिय रहेको बताउनुभयो । “उहाँजस्तो विशिष्ट प्रतिभालाई पोखरामा एक वाचनमा उभ्याउन पाउँदा हामी पनि गर्वित छौँ”, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कथाकार पराजुलीको ‘ड्रिमी आईज’ सार्वजनिक

तारादेवी र रसिकलाई नारायणगोपाल स्मृति पुरस्कार

टोरन्टोमा युवराज भण्डारीका दुई कृति विमोचन

रश्मि, आँचल र अविनाशले मुशायरा तताउँदै

मंजुल र प्रेरणालाई दक्षिण एसियाली साहित्य पुरस्कार

आर्टुडियोले सार्वजनिक गर्‍यो ‘स्ट्रिट आर्ट नेपाल’ पुस्तक

विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ लोकार्पण

खनालको कथाको संगालो ‘बाबा मेरो पीआर आयो’ लोकार्पण

प्रतिमाको मुक्तककृति ‘प्रवासी मन’ सार्वजनिक

वक्तृत्वकला प्रतियोगितामा रेश्मा गैरे प्रथम

‘सरुभक्तका मुक्तक’ लोकार्पण

कतारमा कवि क्षेत्रीको एकल कविता वाचन