सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दक्षिण सुडानमा तैनाथ नेपाली सेनामा महिला सहभागिता १० प्रतिशत

२०८० असोज १३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दक्षिण सुडानमा शान्ति स्थापनाका लागि परिचालित १ हजार ७ सय ५० नेपाली सेनामा हाल महिला सहभागिता करिव १० प्रतिशत रहेको छ ।

संयुक्त राष्ट्र संघको माग अनुसार महिला शान्ति सैनिकको संख्यालाई बढाएर २५ प्रतिशतसम्म पुर्याउने लक्ष्य रहेको नेपाली सेनाले जनाएको छ । नेपाली महिला सैनिक पेशागत दक्षतामा अब्बल रहेकोले सबै क्षेत्र एवं कार्यमा सहभागि हुने गरेका छन् ।

स्वास्थ्य, इन्जिनियरिङ र मेकानिक्समा महिलाको सहभागिता राम्रो र उच्चस्तरको कार्यगत दक्षता रहने गरेको छ । दक्षिण सुडानमा तैनाथ नेपाली सेनामा महिलातर्फ विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा समेत प्रतिश्पर्धा गरेका फुटबलका ३, भलिबल र ह्याडबलका १/१ जना र तेक्वान्दोका ४ जना राष्ट्रिय खेलाडी छन् ।

राष्ट्रिय खेलाडी समेत रहेका महिला सैनिक उदयपुरका दिपा राई, गोरखाका होमकुमारी गुरुङ र सपना लामाले खेलको अलवा अपरेशनमा समेत हिड्न पाउदा खुशी लागेको र मिसनमा धेरै कुरा सिक्ने अवसर समेत प्राप्त गरेको बताउनुभयो ।

शान्ति मिसनमा महिला सैनिकको सहभागिताको प्रतिशत बृद्धि गरेकोले महिलाहरुले छिटो अवसर पाउने गरेकोमा खुशी व्यक्त गर्दै मिसनका लागि छनोट भएपछिको तालिममा समेत धेरै कुरा सिक्न पाएकोले पनि मिसनमा काम गर्न धेरै सहज भएको नेपाली महिला सैनिकहरुले बताउनुभयो ।

सबै महिला सहभागिको पेशागत दक्षता राम्रो रहेकोले राष्ट्र संघको मुख्यालय र विभिन्न निकाय एवं क्षेत्रबाट हुने अनुगमन भ्रमणका क्रममा नेपाली महिला सैनिकले गरेका कार्यको प्रशंसा हुने गरेको दक्षिण सुडानको जुवास्थित फोर्स रिजर्भ गणका गणपति प्रमुख सेनानी राजन दाहालले जानकारी दिनुभयो ।

२३ वर्ष अघि सन २ हजारमा संयुक्त राष्ट्र संघीय अन्तरिम फैज लेवननमा १ जना डक्टर १ जना नर्स गरी २ जना महिला अधिकृत फौजमा तैनाथ भएकोमा अहिले महिला शान्ति सैनिक खटाउने मुलुकमा नेपाल शीर्ष स्थानमा रहेको छ ।

केही वर्षयता राष्ट्रसङ्घले द्वन्द्वग्रस्त देशहरूमा निलो हेल्मेट लगाएर परिचालित हुने शान्ति सैनिकमा महिलाको सहभागिता उल्लेख्य रूपमा वृद्धि गर्ने प्रयासलाई तीव्रता दिएको छ ।

राष्ट्र संघले महिला शान्ति सैनिकको संख्या थप गर्न अनुरोध गरिरहेको र मिसन इलाकाहरुमा महिला मैत्री वातावरण तयार गर्ने र महिलालाई उपयुक्त हुने पूर्वाधार निर्माणका विषयमा पनि छलफल भइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्ण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

नेपालबाट महिला सहभागितामा संख्यात्मक रुपमा देखाइएको नेतृत्वदायी भूमिकाको संयुक्त राष्ट्र संघ लगायतका अन्य निकायबाट उच्च प्रशंसा हुने गरेको छ ।

दक्षिण सुडान सहितका अफिकी मुलुक र विश्वका विभिन्न १३ मिसनमा गरी हाल ५ सय ८१ महिला सहित ६ हजार ७० नेपाली शान्ति सैनिक कार्यरत रहेका छन् ।- अच्युत अर्याल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बर्दिवास : खानेपानी चोरी गरेर नै बर्षौदेखी उधोग संचालन

नेपाल किसान महासंघ बैतडी कार्यसमितिले पायो पूर्णता

४४ लाख चन्दा संकलन योजनासहित मन्दिर पुनर्निर्माण सुरू

स्याङ्जाको एउटै गाउँबाट साढे दुई करोडको बीउ आलु बिक्री

बाँकेको दशगजाका ७१ सीमास्तम्भको मर्मत सुरु

भूमि आयोगद्वारा बन्दीपुरमा जग्गा नापजाँच सुरु

श्रम शोषणमा परेकी महिलाको उद्धार

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र

सतोखरका पुरुष मृत फेला

इन्टरपोलको महासभामा सहभागी भएर प्रहरी महानिरीक्षक स्वदेश फिर्ता

१९ औं संस्करणको लेखनाथ महोत्सव पुुस ५ देखि १६ गतेसम्म हुने

दाङबाट सल्यान जाँदै गरेको ट्रक दुर्घटना