सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटवल प्रतियोगिता सिन्धुलीमा हुने

२०८० असोज १४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटवल प्रतियोगिता २०८० सिन्धुलीमा हुने भएको छ ।

विभिन्न जिल्लाका माझी समुदायसँग समन्वय र सम्पर्कका साथैै माझी युवाहरुलाई राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक अवस्थालाई मजवुद बनाउने उद्देश्यले गोल्डकपको आयोजना गरिन लागेको नेपाल माझी उत्थान संघ सिन्धुलीले जनाएको छ ।

नेपाल माझी उत्थान संघ सिन्धुलीको आयोजनामा कार्तिक १३ गतेबाट मरिण गाउँपालिका वडा नं. ७ को बाह्रविसे खेल मैदानमा प्रतियोगिताको उद्घाटन गरिने भएको छ । मरिण गाउँपालिका वडा नं. ७ को बाह्रविसे खेल मैदान र हरिहरपुरगढी गाउँपालिका वडा नं. ५ बोटेनी खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिने नेपाल माझी उत्थान संघ सिन्धुलीका अध्यक्ष बविन्द्रलाल माझीले बताए ।

नेपाल माझी उत्थान संघ सिन्धुलीले शनिबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलनको आयोजना गरि गोल्डकपको आयोजना गर्न लागिएको जनाएको हो ।

प्रतियोगितामा २५ जिल्लाका माझी युवा खेलाडीहरुको सहभागिता रहने छ । गोल्डकपका लागि ३५ लाख लागत लाग्ने अनुमान गरिएको अध्यक्ष माझीले बताए । खेलले माझी समुदायमा उत्साह, जाँगर र समन्वय हुने र माझी समुदायहरु मुल प्रवाहाम सहजै जोडिने विश्वास गरिएको माझीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।

प्रतियोगितामा विजेता हुने टिमलाई २ लाख ६५ हजार ५५५ रुपैंया नगद सहित शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । त्यस्तै उपविजेता टिमलाई १ लाख ३२ हजार २२२ रुपैंया नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने गरि निर्धारण गरिएको उनले जानकारी दिए । यस्तै सान्त्वना स्वरुप तेस्रो पुरस्कारको समेत व्यवस्था गरिएको माझीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन । उनका अनुसार तेस्रो हुनेलाई नगद ६६ हजार ६६६ रुपैंया, शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

प्रतियोगिता एकसातासम्म चल्ने आयोजकको अनुमान छ । खेलाडीहरुले असोज २५ गतेसम्ममा टिम दर्ता गर्नुपर्ने छ । खेलाडीहरुलाई आवासीय व्यवस्था गरिने पनि उनले बताएका छन । प्रतियोगितामा ५ सय खेलाडीलाई आवासको व्यवस्था गरिएको छ ।

जिल्लाका ९ वटा पालिका, बागमति प्रदेश खेलकुद परिषद, विभिन्न उद्योगहरु तथा सेवा प्रदायक कम्पनीहरु लगाएतबाट प्रतियोगिताका लागि आर्थिक संकलन गरि प्रतियोगिताको आयोजना गरिने भएको संघका अध्यक्ष माझीले बताए ।

आर्थिक व्यवस्थापनका लागि आन्तरिक श्रोतसँगै जिल्लाका ४ वटा पालिकाले सम्झौता गरिसकेको र अन्य पालिका तथा निकायहरुमा सम्झौताको क्रममा रहेको उनले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आज देखि यु-१९ एसिया कप, नेपालले पाकिस्तानको सामना गर्दै

फारवेष्ट पशुपति कप अब मंसीर २९ गतेदेखि हुने

किरात गोल्डकप : झापा फाइनलमा

नेत्रहीन क्रिकेट प्रतियोगितामा बागमती च्याम्पियन

एनएसएल: एफसी चितवन र बुटवल लुम्बिनी १-१ को बराबरीमा

पिएसएलको ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप

चेल्सीमाथि म्यानचेस्टर युनाइटेड २-१ ले विजयी

एलपीएलमा घोडाघोडी र कैलाली विजयी

लिओनल मेसी ‘एथ्लेट अफ दि इअर’ घोषित

एनएसएल: पोखरालाई शीर्षमा उक्लिने मौका, आज इलामसँग भिड्दै

एसिया कप खेल्न नेपाली युवा टोली यूएई प्रस्थान

सुपर लिगः आज इलाम र पोखरा बिचमा खेल हुदैँ