सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुन तस्करी छानबिन आयोगः संसद अबरोध हुन सक्ने एमाले चेतावनी

२०८० असोज १४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउन सरकारले आनाकानी गरे पछि पछि नेकपा एमालेले संसदमा बिरोध जनाउने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले अाज बस्ने प्रतिनिधिसभा बैठकमा असोज ५ गते भित्र गठन गर्ने भनिएको समिति नबनाएको बिषयले संसदमा काम कारबाही अबरोध गर्ने संकेत गरेका छन् ।

‘असोज १४ गते प्रतिनिधिसभाको बैठक बस्दै छ तर सरकार संसदको बैठकलाई द्वन्द्व र मुडभेटतर्फ धकेल्न चाहन्छ, मुलुकको समग्र राजनीतिलाई अबिस्वास, धोकाधडी र आपसी अन्तरबिरोधको पथमा लैजाने चेष्टा गर्दैछ,’ उनले भोलीको सम्भावित घटनाबारे संकेत गर्दै भनेका छन, ‘सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय छानबिन तथा अनुसन्धानको लागी उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भयो । त्यो सहमतिलाई संसदको बैठकले अनुमोदन पनि गर्‍यो तर त्यसलाई  कार्यान्वयन गर्न सरकार तयार भएन, बरु उल्टै अनेकौं बहानबाजी गर्दै प्रमुख प्रतिपक्षी माथी मिथ्या भ्रम छर्न दिउसै रात पार्ने प्रपंच चलिरह्यो।’

‘असोज ५ पछी धेरै दिनहरू बितिसक्यो तर आयोग बनेन, सहमति प्रति सरकारले पुरै धोका दियो,’ उनले सामाजिक सञ्जालबाट भनेका छन, ‘सरकारले दिएको धोकाको सावाँ र ब्याज सहितको समग्र हिसाबकिताब त भोलि (अाज)  बस्ने संसदको बैठकमा राम्रैसँग हुने नै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबारे अनुसन्धान गर्नैपर्छ : सभामुख घिमिरे

एनसेल प्रकरणमा नीतिगत छलफल गर्न माग गर्दै रास्वपाले अर्थ समितिमा बुझायो निवेदन

एनसेलको शेयर खरिद–बिक्रीबारे छलफल गर्न सार्वजनिक लेखा समितिको बैठक बस्दै

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग

बिधायन व्यवस्थापन समितिको बैठक बस्दै

जलन सम्बन्धी छुट्टै कानुन बनाउने सांसदहरूको प्रतिबद्धता

सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सौहार्दपूर्ण हुनुपर्छ : सभामुख घिमिरे

राष्ट्रियसभाका अध्यक्ष र अष्ट्रेलियाली समकक्षीबिच भेटवार्ता

लुम्बिनी प्रदेशकाे “स्थानीय तह संग प्रदेश सभा” कार्यक्रम बर्दियाबाट सुरु

सांसद महेशकुमार महराको पसलबाट धनमाल चोरियो

सरकारले संसद् र समिति सञ्चालनको बजेट नियन्त्रण गर्‍यो : सभामुख घिमिरे

संसदीय समितिका सभापतिसँग छलफल गर्दै सभामुख