काठमाण्डौंः नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ लाई पनि राष्ट्रिय सभाद्वारा सर्वसम्मतिले स्वीकृत गरेको छ ।
संविधानको अनुसूची ३ मा व्यवस्था गरिएको निसान छापमा राख्नका लागि ल्याइएको नेपालको संविधान ९दोस्रो संशोधन विधेयक, २०७७ लाई राष्ट्रिय सभाले सर्वसम्मतिले सहमति जनाएको छ।
राष्ट्रिय सभाको दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले आइतबारको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संविधान संशोधन विधेयकको प्रस्ताव प्रस्तुत गरेकी थिईन ।
तुम्बाहाङ्फेले नेपाल भूगोल र जनसंख्याको आधारले सानो भएपनि राष्ट्रियतामा समान रहेको भन्दै नेपाल भारतसँग सानो होइन, भारतकै बराबारीमा रहेको बताईन ।
