सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विश्वकै विशाल गुफा ‘हाङ सोन डोङ्ग’का आश्चर्यजनक तथ्यहरू

२०८० कार्तिक २३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विश्वमा थरी थरीका गुफाहरू छन् ।

तिनका विशेषताहरू पनि फरक फरक छन् । तर यहाँ चर्चा गर्न लागिएको गुफा विश्वकै सबैभन्दा ठूलो गुफाको हो । यो गुफा यति विशाल छ कि, जसकाे भित्र थुप्रै थुप्रै ४० तल्ले घरहरू बनाउन सकिन्छ ।

मध्य भियतनामको जङ्गलमा रहेको यो गुफाको नाम ‘हाङ सोन डोंङ्ग’ हो । यो गुफाको लम्बाई ९ किलोमिटर छ । यस गुफा भित्र १५० वटा अन्य गुफाहरू पनि छन् । यो गुफा भित्र रुख, बिरुवा, जङ्गल, बादल, नदीलगायतका सबथोक छन् ।

लाखौँ वर्ष पुरानो यो गुफालाई सन २०१३ मा मात्रै पर्यटकका लागि खुला गरिएको थियो । यो गुफामा प्रत्येक वर्ष २५० देखि ३ सय जना पर्यटकले मात्रै घुम्ने अनुमति पाउँछन । सन १९९१ मा ‘हो खनह’ नामक स्थानीय व्यक्तिले यो गुफा पत्ता लगाएका थिए । त्यसबेला गुफा भित्र पानीको मात्रा धेरै थियो । पानी सुसाएको ठूलो आवाज आइरहेको थियो । गुफा भित्र निकै अँध्यारो थियो । जसका कारण त्यसबेला कसैले पनि यो गुफामा प्रवेश गर्ने हिम्मत गरेनन् ।

एक ब्रिटिस रिसर्च ग्रुपले पहिलो पटक यो गुफाका तस्बिर र भिडियोहरू सार्वजनिक गरेपछि यो गुफाले सन २००९ मा मात्रै अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएको थियो । त्यसपछि सन २०१० मा वैज्ञानिकहरूको एक टोलीले गुफा भित्र रहेको ‘भियतनामको पर्खाल’ भनिने माटोको २ सय मिटर अग्लो पर्खाल नाघेर गुफा भित्र प्रवेश गर्ने बाटो पत्ता लगाएका थिए ।

पर्यटकहरूले प्रत्येक वर्ष अगस्त महिना अघि नै यो गुफाको भ्रमण गरिसकेका हुन्छन् । किनकि यसपछि यस गुफामा रहेको पानीको सतह ह्वात्तै बढ्छ । यो गुफामा जानका लागि प्रतिव्यक्ति ३ हजार अमेरिकी डलर खर्च गर्नुपर्छ । फेब्रुअरीदेखि अगस्टसम्म याे गुफा भ्रमणकाे लागि उत्तम समय हाे ।

हाङ सोन डोङ्ग गुफाको भ्रमण गर्न चाहने पर्यटकलाई ६ महिनाको तालिम दिइन्छ । उनीहरूलाई दैनिक कम्तीमा १० किलोमिटर पैदल हिँड्ने तालिम दिइन्छ । त्यस्तै ६ पटकसम्म रक क्लाइम्बिङ गर्ने तालिम दिइन्छ । क्लाइम्बिङ र बाेटिङ  तालिम सफलतापूर्वक पुरा गरेपछि मात्रै हाङ सोन डोङ्ग गुफाको भ्रमण गर्न पाइन्छ ।

याे गुफा भियतनामाे कुवाङ विन्ह प्रदेशकाे फाेङ न्हा-के बाङ राष्ट्रिय निकुञ्जमा पर्दछ । निकुञ्ज क्षेत्र भएकाले गुफासम्म पुग्न पैदल यात्रा गर्नुपर्दछ । करिब डेढ दिनकाे पैदल यात्रापछि मात्रै गुफाकाे प्रवेशद्वारमा पुग्न सकिन्छ । याे गुफाकाे भ्रमण गर्न कम्तीमा एक हप्ताकाे समय छुट्याउनुपर्दछ ।    

     तस्बिरः गुगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गौतम अडानी बिश्वको २० औं धनीको सुचीमा फर्किए, को हुन त विश्वका धनीहरु (सुचीसहित)

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

कस्तो खालको पुरुषसँग सम्बन्ध गाँस्न मन पराउँछन् महिला ?

पानीबारे २५ रोचक तथ्य

स्पेनिस समलिङ्गी जोडीले जन्माए बच्चा, सिंगो युरोपमा पहिलो घटना

हत्याको सजाय भोगिरहेका कैदी मोटाएपछि रिहा !

चिकित्सकलाई मात्रै जोडी जुराइदिने वेबसाइट

सबैभन्दा पहिलो दिपावली ५ हजार बर्ष अगाडी पाकिस्तानी भुमीमा

अनौठो शल्यक्रियाः बिग्रिएको थियो फोक्सो तर डाक्टरले स्तन प्रत्यारोपण गरेर ज्यान बचाएँ

बेलायतमा सुनको शौचालय चोर्ने चारजना ४ बर्ष पछि पक्राउ

बच्चालाई मन पर्छ यी डिजाइनका वालपेपर

प्रेरक प्रसंग: अहंकार दुःखको स्रोत