सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सुझाव

२०८० कार्तिक २५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धन्यवाद दिएको छ ।

समितिका सभापति रामहरि खतिवडा नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री दाहालसँग भेट गरी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सुझाव दिएको हो ।

भेटमा समितिका सभापति खतिवडाले भने, ‘हामीले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन र अन्तर्क्रिया गर्‍यौँ, उद्धार र उपचारमा प्रधानमन्त्री दाहाल स्वयं फिल्डमा पुगेर जसरी नेतृत्व गर्नुभयो, त्यसको सबैले प्रशंसा गरेका छन् । १३ घण्टाभित्र उद्धारको काम सकिनुमा प्रधानमन्त्रीको सक्रियताले नै काम गरेको हामीले पायौँ । यसका लागि समितिका तर्फबाट सरकारलाई विशेष धन्यवाद छ । अब सरकारले राहत र पुनर्निर्माणमा ध्यान केन्द्रित गर्नुपर्छ ।’

समिति सदस्य एवं नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले सरकारको भूमिका र प्रधानमन्त्री दाहालको सक्रियताप्रति आभार प्रकट गरे । उनले भने, ‘प्रधानमन्त्रीले एकाबिहानै प्रभावित क्षेत्र पुगेर जसरी उद्धारको काम गर्नुभयो, यो निकै प्रेरणादायी छ । देशमा सरकार छ भन्ने कुराको गहिरो गरी अनुभूति गराउनुभयो । म यसको उच्च प्रशंसा गर्दछु ।’

भेटमा समितिका सदस्यहरूले अस्थायी आवासको काम हिउँदअघि नै सक्न, मृतक परिवारलाई आर्थिक राहत उपलब्ध गराउन, प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य सेवाको व्यवस्था गर्न विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।

समितिको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले सांसदबाट प्राप्त सुझाव राम्रोसँग अध्ययन गरेर कार्यान्वयन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग

बिधायन व्यवस्थापन समितिको बैठक बस्दै

जलन सम्बन्धी छुट्टै कानुन बनाउने सांसदहरूको प्रतिबद्धता

सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सौहार्दपूर्ण हुनुपर्छ : सभामुख घिमिरे

राष्ट्रियसभाका अध्यक्ष र अष्ट्रेलियाली समकक्षीबिच भेटवार्ता

लुम्बिनी प्रदेशकाे “स्थानीय तह संग प्रदेश सभा” कार्यक्रम बर्दियाबाट सुरु

सांसद महेशकुमार महराको पसलबाट धनमाल चोरियो

सरकारले संसद् र समिति सञ्चालनको बजेट नियन्त्रण गर्‍यो : सभामुख घिमिरे

संसदीय समितिका सभापतिसँग छलफल गर्दै सभामुख

कोशी प्रदेशमा बजेट प्रतिस्थापन विधेयक सर्वसम्मत पारित

सभामुख घिमिरेका स्वकीय सचिवले निःशुल्क बनाइदिए ४० लाखको नगर विकास योजना

पोर्चुगलका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान